default_image

4 years ago

November 4, 2021

साविक विजेता वेस्टइन्डिज समूह चरणबाटै बाहिरियो

188 views

0 Bookmark

एजेन्सी – साविक विजेता वेस्टइन्डिज टि२० विश्वकप २०२१ मा समूह चरणबाटै बाहिरिएको छ । सुपर १२ को समूह १ मा रहेको वेस्टइन्डिज श्रीलंकासँग २० रनले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ । दुई पटकको च्याम्पियन वेस्टइन्डिज खराब प्रदर्शनका साथ समूह चरणबाटै बाहिरिएको छ ।

जितको लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६९ रन बनायो । वेस्टइन्डिजका लागि युवा ब्याटर शिम्रन हेटमायरले ५४ बलमा ८ चौका र ४ छक्का सहित सर्वाधिक ८१ रनको उत्कृष्ट अविजित इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । अन्य ब्याटरले खराब प्रदर्शन गरेपछि हेटमायरको उत्कृष्ट प्रदर्शनका बाबजुद वेस्टइन्डिज पराजित भएको छ ।

निकोलस पुरनले ३४ बलमा ६ चौका र १ छक्का सहित ४६ रनमा आउट भए । क्रिस गेल १, इविन लुईस ८, रोश्टन ९ र आन्द्रे रसेल २ रनमा आउट भए । काइरन पोलार्ड शून्य, जेसन होल्डर ८ र ड्वेन ब्राभोले २ रनमा आउट भए । श्रीलंका स्पिनर वान्दिुन हसरंगाले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । चामिका करुणारत्ने ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । बिनुरा फर्नान्डो २, दुश्मन्था चामिरा र दासुन शनकाले १–१ विकेट लिए ।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो । श्रीलंकाका चरिथ असलंकाले ४१ बलमा ८ चौका र १ छक्का सहित सर्वाधिक ६८ रनको योगदान दिए । ओपनर पाथुम निसांकाले ४१ बलमा ५ चौका सहित ५१ रन बनाए ।

कप्तान दासुन शनकाले १४ बलमा २ चौका र १ छक्का सहित २५ रनमा अविजित रहे । वेस्टइन्डिजका आन्द्रे रसेलले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । ड्वेन ब्राभोले ४ ओभरमा ४१ रन खर्चेर १ विकेट लिएका थिए । वेस्टइन्डिज पहिलो खेलमा इंग्ल्यान्डसँग ६ विकेट र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग ८ विकेटले हारेको थियो । तेस्रो खेलमा बंगलादेशलाई ३ रनले हराउँदै झिनो आशा कायमै राखेको थियो । तर यस हारले अघिल्लो चरण समाप्त बनेको छ ।

अन्तिम खेलमा अष्ट्रेलियासँग शनिबार खेल्नेछ । उक्त खेलमा विजयी भएमा अष्ट्रेलिया सेमिफाइनलमा पुग्ने बलियो समिकरण छ । तर दक्षिण अफ्रिकाले त्यसै दिन इंग्ल्यान्डलाई हराएको खण्डमा भने नेटरनरेटको आधारमा एक टोली सेमिफाइनलमा पुग्नेछन् । इंग्ल्यान्डको सेमिफाइनल पक्का बनि सकेको छ ।

अंक तालिका

सुपर १२ को समूह १ मा इंग्ल्यान्ड ४ खेलमा ४ मानै जितका साथ ८ अंक जोड्दै शीर्षस्थानमा छ । इंग्ल्यान्ड सेमिफाइनलमा पुगि सकेको छ । अष्ट्रेलिया ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ तेस्रो स्थानमा छ । अष्ट्रेलियाको नेटरनरेट प्लस १.०३१ छ । दक्षिण अफ्रिकाको ४ खेलमा ३ मा जित र १ मा हार सहित समान ६ अंक भएपनि रनरेटका कारण तेस्रो स्थानमा छ । दक्षिण अफ्रिकाको नेटरनरेट प्लस ०.७४२ छ । श्रीलंका ५ खेलमा २ मा जित र ३ मा हार सहित चौथो स्थानमा रहेर बाहिरिएको छ । वेस्टइन्डिज ४ खेलमा १ मा जित र ३ मा हार सहित पाँचौ स्थानमा रहेर बाहिरिएको छ। बंगलादेश ५ खेलमा ५ मानै हारका साथ बाहिरि सकेको छ ।

सुपर १२ को समूह २ मा पाकिस्तान ४ खेलमा ४ मानै जितका साथ शीर्ष स्थानमा छ । पाकिस्तान सेमिफाइनलमा पुगि सकेको छ । अफगानिस्तान ३ खेलमा २ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । न्युजिल्यान्ड ३ खेलमा २ मा जित र १ मा हार सहित नेटरनरेटको आधारमा तेस्रो स्थानमा छ । नामिबिया ३ खेलमा १ मा जित र २ मा हार सहित पाँचौं स्थानमा छ । भारत ३ खेलमा १ मा जित र २ मा हारका साथ चौथो स्थानमा छ । स्कटल्यान्ड सुरुवाती ३ खेलमा हारका साथ बाहिरिएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.