default_image

4 years ago

November 5, 2021

भारतले स्कटल्यान्डसँग खेल्दै

119 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा सुपर १२ मा एसोसियट टोली स्कटल्यान्डले भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरुहुनेछ ।

शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने झिनो अंक गणीतिय सम्भावना बचाई राख्न भारतलाई आजको खेलमा विशाल जितको आवश्यक पर्दछ । अन्तिम खेलमा भारतले सोमबार नामिबियासँग खेल्नेछ । यी दुई खेलमा भारतलाई विशाल जितको आवश्यक पर्दछ । तर न्युजिल्यान्डले बाँकी दुई खेल मध्य एक खेलमा हार्नै पर्ने हुन्छ ।

न्युजिल्यान्डले आजनै नामिबियासँग खेल्दैछ । अन्तिम खेलमा आइतबार अफगानिस्तानविरुद्ध खेल्नेछ । न्युजिल्यान्ड दुबै खेलमा विजयी हुँदा भारत बाहिरिने छ । न्युजिल्यान्डले एक खेल हार्दा पनि नेटरनरेटको कारण भारतको सम्भावना कम छ । पाकिस्तान सुरुवाती ४ खेलमा ४ मानै जितका साथ सेमिफाइनलमा पुगि सकेको छ । भारत पहिलो खेलमा पाकिस्तानसँग १० विकेट र दोस्रो खेलमा न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएको थियो ।

तेस्रो खेलमा अफगानिस्तानलाई ६६ रनले हराउँदै झिनो आशा जीवित राखेको थियो । अफगानिस्तानविरुद्ध भारतले राम्रो ब्याटिङ गर्दै २ सय १० रन बनाएको थियो । ओपनर रोहित शर्मा र लोकेश राहुलले पहिलो विकेटका लागि १ सय ४० रनको उत्कृष्ट साझेदारी गरेका थिए ।
राहुल ६९ र रोहित ७४ रन बनाएका थिए । प्रमुख ब्याटरको लय फर्किनु भारतको लागि सकरात्मक कुरा हो । ऋषभ पन्त र हार्दिक पान्ड्याले पनि राम्रो प्रदर्शन गरेका थिए ।

बलिङमा स्पिनर रविचन्द्रन आश्विन र तीव्र गतिका बलर मोहम्मद शामीले राम्रो बलिङ गरेका थिए । शार्दुल ठाकुरको स्थानमा भुवनेश्वर कुमारलाई मौका दिनसक्छ । जस्प्रित बुमराहबाट उत्कृष्ट प्रदर्शन चाहन्छ । मध्यक्रमका सूर्यकुमार यादव र विराट कोहलीबाट भारत उत्कृष्ट प्रदर्शनका साथ विशाल योगफल चाहन्छ । भारतको लक्ष्य आजको खेलमा पहिला ब्याटिङ गर्दै विशाल योगफल बनाउने हुनेछ ।


स्कटल्यान्ड भने सुपर १२ बाट बाहिरी सकेको छ । स्कटल्यान्ड पहिलो खेलमा अफगानिस्तानसँग १ सय ३० रन, नामिबियासँग ४ विकेट र न्युजिल्यान्डसँग १६ रनले पराजित भएको थियो । पछिल्लो खेलमा न्युजिल्यान्डसँग गरेको प्रदर्शनले मनोबल उच्च छ । स्कटल्यान्डका ओपनर जर्ज मुन्शे र म्याथ्यु क्रस प्रमुख ब्याटर हुन् ।


यी दुई ब्याटर चलेको खण्डमा भारतलाई कठिन पर्नसक्छ । कप्तान काइल कोट्जर, कलुम म्याकलड र माइकल लीस्क र रिची बेरिङ्टन मध्यक्रमका ब्याटर हुन् । तीव्र गतिका बलर ब्रडाली ब्हील र शफ्यान शफारीले न्युजिल्यान्डविरुद्ध राम्रो बलिङ गरेका थिए । स्पिनर मार्क वाटले पनि राम्रो प्रदर्शन गर्दै आएका छन् ।


हेड टु हेड :

भारत र स्कटल्यान्डबीच हालसम्म टि२० आई खेल भएको छैन । २००७ को टि२० विश्वकपमा सँगै भएपनि वर्षाको कारण खेल हुन सकेको थिएन । स्कटल्यान्डको लागि भारतविरुद्धको खेल एक महत्वपूर्ण हुनेछ ।

न्युजिल्यान्ड बाँकी दुई मध्य एक खेलमा पराजित भएमा नेटरनरेटमा निर्भर रहनेछ । अफगानिस्तान ४ खेलमा २ मा जित र २ मा हार सहित ४ अंकका साथ दोस्रो स्थानमा छ । अफगानिस्तानको नेटरनरेट प्लस १.४८१ छ । न्युजिल्यान्ड ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ तेस्रो स्थानमा छ । न्युजिल्यान्डको नेटरनरेट प्लस ०.८१६ छ । भारतको ३ खेलमा २ मा जित र १ मा हार सहित २ अंकका साथ प्लस ०.०७३ मात्र छ । त्यसैले भारतलाई विशाल जितको दबाब छ ।

अंक तालिका

सुपर १२ को समूह १ मा इंग्ल्यान्ड ४ खेलमा ४ मानै जितका साथ ८ अंक जोड्दै शीर्षस्थानमा छ । इंग्ल्यान्ड सेमिफाइनलमा पुगि सकेको छ । अष्ट्रेलिया ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ तेस्रो स्थानमा छ । अष्ट्रेलियाको नेटरनरेट प्लस १.०३१ छ । दक्षिण अफ्रिकाको ४ खेलमा ३ मा जित र १ मा हार सहित समान ६ अंक भएपनि रनरेटका कारण तेस्रो स्थानमा छ । दक्षिण अफ्रिकाको नेटरनरेट प्लस ०.७४२ छ । श्रीलंका ५ खेलमा २ मा जित र ३ मा हार सहित चौथो स्थानमा रहेर बाहिरिएको छ । वेस्टइन्डिज ४ खेलमा १ मा जित र ३ मा हार सहित पाँचौ स्थानमा रहेर बाहिरिएको छ। बंगलादेश ५ खेलमा ५ मानै हारका साथ बाहिरि सकेको छ ।

सुपर १२ को समूह २ मा पाकिस्तान ४ खेलमा ४ मानै जितका साथ शीर्ष स्थानमा छ । पाकिस्तान सेमिफाइनलमा पुगि सकेको छ । अफगानिस्तान ३ खेलमा २ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । न्युजिल्यान्ड ३ खेलमा २ मा जित र १ मा हार सहित नेटरनरेटको आधारमा तेस्रो स्थानमा छ । नामिबिया ३ खेलमा १ मा जित र २ मा हार सहित पाँचौं स्थानमा छ । भारत ३ खेलमा १ मा जित र २ मा हारका साथ चौथो स्थानमा छ । स्कटल्यान्ड सुरुवाती ३ खेलमा हारका साथ बाहिरिएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.