default_image

4 years ago

November 5, 2021

न्युजिल्यान्ड र नामिबियाबीच प्रतिस्पर्धा हुँदै

170 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा सुपर १२ को खेलमा न्युजिल्यान्डले नामिबियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा शारजाह क्रिकेट मैदानमा सुरुहुनेछ ।

न्युजिल्यान्ड नामिबियामाथि विशाल जितको साथ शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने सम्भावना बलियो बनाउन चाहन्छ । न्युजिल्यान्डले अन्तिम खेलमा आइतबार अफगानिस्तानसँग खेल्नेछ । यी दुई खेलमा विजयी भएमा न्युजिल्यान्ड सेमिफाइनल खेल्नेछ । आजको खेलमा नामिबियालाई फराकिलो अन्तरले हराउँदा र अन्तिम खेलमा झिनो अन्तरको हार बेहोर्दा पनि शीर्ष दुईमा रहने सम्भावना बलियो छ ।

त्यसैले न्युजिल्यान्डको सोच आजको खेलमा विशाल जित हुनेछ । नामिबिया खेलमा उच्च प्रतिस्पर्धा गर्न चाहन्छ । न्युजिल्यान्ड पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भारतलाई ८ विकेट र तेस्रो खेलमा स्कटल्यान्डलाई १६ रनले हराएको थियो । नामिबियाले पहिलो खेलमा स्कटल्यान्डलाई ४ विकेटले हराएको थियो । दोस्रो खेलमा अफगानिस्तानसँग ६२ रन र पाकिस्तानसँग ४५ रनले पराजित भएको थियो ।

न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिल राम्रो लयमा छन् । गुप्टिलले स्कटल्यान्डविरुद्ध ९३ रनको उत्कृष्ट इनिङ खेलेका थिए । उनको लयलाई रोक्न नामिबिया ब्याटरलाई रोक्न कठिन पर्नसक्छ । आक्रामक ब्याटर गुप्टिल विष्फोटक इनिङ खेल्नसक्छन् । डर्याल मिचेल, केन विलियम्सन डेवन कन्वे र ग्लेन फिलिप्स प्रमुख ब्याटर हुन् । विलियम्सनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । ट्रेन्ट बोल्ट र तीव्र गतिका बलिङ हतियार हुन् । स्पिनर ईश सोधीले लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । उनी नामिबियाका ब्याटरलाई घातक बन्नसक्छन् ।

नामिबिया डेविड विसे प्रमुख खेलाडी हुन् । २०१६ मा दक्षिण अफ्रिकाबाट टि२० विश्वकप खेलेका विसेको उत्कृष्ट प्रदर्शनको सहयोगमा सुपर १२ मा स्थान बनाएको थियो । पहिलो पटक टि२० विश्वकप खेलेको नामिबियाले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । विसेले आफ्नो अनुभवको भरपूर्ण फाइदा उठाउन सक्छन् । केग विलियम्स र कप्तान गेरहार्ड इरास्मस प्रमुख ब्याटर हुन् । यी दुई ब्याटरको प्रदर्शन नामिबियालाई निकै महत्वपूर्ण हुनेछ । जेजे स्मित तल्लोक्रमका फिनिसर हुन् । तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानले पनि उत्कृष्ट प्रभाव छाड्दै आएका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.