4 years ago
November 5, 2021
एजेन्सी – न्युजिल्यान्डले आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ को खेलमा नामिबियालाई १ सय ६४ रनको बलियो लक्ष्य दिएको छ ।
शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६३ रन बनायो ।

न्युजिल्यान्डका ग्लेन फिलिप्स २१ बलमा १ चौका र ३ छक्का सहित सर्वाधिक ३९ रन अविजित रहे । जेम्श निसम २३ बलमा १ चौका र २ छक्का सहित ३५ रनमा अविजित रहे । पाँचौं विकेटका लागि फिलिप्स र निसमले ३६ बलमा ७६ रनको अविजित उत्कृष्ट साझेदारी गरेपछि न्युजिल्यान्ड बलियो योगफलमा पुगेको थियो ।
ओपनर मार्टिन गुप्टिल १८ बलमा १ चौका र १ छक्का सहित १८ रनमा आउट भए । पाँचौं ओभरको पहिलो बलमा डेविड विसेले गुप्टिललाई क्याच गराएका थिए । सातौं ओभरको दोस्रो बलमा मिचेल डर्याल १९ रनमा क्याच आउट भए । मिचेल डर्यालले १५ बलमा २ चौका प्रहार गरे ।
कप्तान गेरहार्ड इरास्मसले १३ औं ओभरको पहिलो बलमा केन विलियम्सनलाई २८ रनमा बोल्ड आउट गरे । विलियम्सनले २५ बलमा २ चौका र १ छक्का प्रहार गरे ।
डेभन कन्वे १७ रनमा रन आउट भए । एक समय १४ ओभरमा ८७–४ को कमजोर अवस्थामा पुगेको थियो । त्यसपछि फिलिप्स र निसमले उत्कृष्ट ब्याटिङका साथ न्युजिल्यान्डलाई बलियो योगफलमा पुर्याएका थिए । नामिबियाका बर्नार्ड शोल्ट्ज, डेविड विसे र गेरहार्ड इरास्मसले १–१ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]