default_image

4 years ago

November 5, 2021

नामिबियालाई हराउँदै न्युजिल्यान्ड दोस्रो स्थानमा

162 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डले आइसिसी टि२० विश्वकप २०२१ मा नामिबियालाई ५२ रनले हराउँदै सुपर १२ को समूह २ को दोस्रो स्थानमा उक्लिएको छ । तेस्रो जितसँगै न्युजिल्यान्ड समूह २ को दोस्रो स्थानमा उक्लिदै सेमिफाइनल नजिक पुगेको छ ।

अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्न सकेको खण्डमा न्युजिल्यान्ड सेमिफाइनलमा पुग्नेछ । पराजित भएमा नेटरनरेटमा निर्भर हुनेछ । जितको लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ११ रन बनायो । नामिबियाका माइकल भान लिङ्गेनले सर्वाधिक २५ रन बनाए ।

आठौं ओभरको दोस्रो बलमा जेम्स निशमले ओपनर माइकल भान लिङ्गेनलाई २५ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए । उनले २५ बलमा २ चौका र १ छक्का प्रहार गरे । लगत्तै अर्को ओभरको पहिलो बलमा स्पिनर मिचेल सान्टनरले स्टेफन ब्राडलाई २१ रनमा बोल्ड आउट गरे । उनले २२ बलमा २ चौका प्रहार गरे । ईश सोधीले गेरहार्ड इरास्मसलाई ३ रनमा डेभन कन्वेबाट क्याच गराए ।


१५ औं ओभरको तेस्रो बलमा टिम साउथीले १६ रनमा एलबीडब्लू आउट गरेपछि नामिबियाको जित कठिन बनेको थियो । उनले १७ बलमा १ चौका र १ छक्का प्रहार गरे । जेन ग्रिन २३ र जेजे स्मितले ९ रन बनाए । तीव्र गतिका बलर टिम साउथीले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । टेन्ट्र बोल्टले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । मिचेल सान्टनार, जेम्श निसम र ईश सोधीले १–१ विकेट लिए ।

त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो । न्युजिल्यान्डका ग्लेन फिलिप्स २१ बलमा १ चौका र ३ छक्का सहित सर्वाधिक ३९ रन अविजित रहे । जेम्श निसम २३ बलमा १ चौका र २ छक्का सहित ३५ रनमा अविजित रहे । पाँचौं विकेटका लागि फिलिप्स र निसमले ३६ बलमा ७६ रनको अविजित उत्कृष्ट साझेदारी गरेपछि न्युजिल्यान्ड बलियो योगफलमा पुगेको थियो ।

ओपनर मार्टिन गुप्टिल १८ बलमा १ चौका र १ छक्का सहित १८ रनमा आउट भए । पाँचौं ओभरको पहिलो बलमा डेविड विसेले गुप्टिललाई क्याच गराएका थिए । सातौं ओभरको दोस्रो बलमा मिचेल डर्याल १९ रनमा क्याच आउट भए । मिचेल डर्यालले १५ बलमा २ चौका प्रहार गरे ।
कप्तान गेरहार्ड इरास्मसले १३ औं ओभरको पहिलो बलमा केन विलियम्सनलाई २८ रनमा बोल्ड आउट गरे । विलियम्सनले २५ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

डेभन कन्वे १७ रनमा रन आउट भए । एक समय १४ ओभरमा ८७–४ को कमजोर अवस्थामा पुगेको थियो । त्यसपछि फिलिप्स र निसमले उत्कृष्ट ब्याटिङका साथ न्युजिल्यान्डलाई बलियो योगफलमा पुर्याएका थिए । नामिबियाका बर्नार्ड शोल्ट्ज, डेविड विसे र गेरहार्ड इरास्मसले १–१ विकेट लिए ।

समूह २ बाट पाकिस्तान ४ खेलमा ४ मानै जितका साथ सेमिफाइनलमा पुगि सकेको छ । न्युजिल्यान्डले आइतबार अफगानिस्तानसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा न्युजिल्यान्ड ८ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनल खेल्नेछ । न्युजिल्यान्ड पराजित भएको खण्डमा अफगानिस्तान र भारतको अंक गणीतिय सम्भावना खुल्नेछ । भारतले आजनै स्कटल्यान्डसँग खेल्दैछ । अन्तिम खेलमा भारतले सोमबार नामिबियासँग खेल्नेछ । यी दुबै खेलमा फराकिलो अन्तरले विजयी भएमा र न्युजिल्यान्ड पराजित भएमा नेटरनरेटमा निर्भर रहनेछ । भारतको नेटरनरेट ०.०७३, अफगानिस्तानको १.४८१ र न्युजिल्यान्डको १.२७७ रन छ ।

अंक तालिका

सुपर १२ को समूह १ मा इंग्ल्यान्ड ४ खेलमा ४ मानै जितका साथ ८ अंक जोड्दै शीर्षस्थानमा छ । इंग्ल्यान्ड सेमिफाइनलमा पुगि सकेको छ । अष्ट्रेलिया ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ तेस्रो स्थानमा छ । अष्ट्रेलियाको नेटरनरेट प्लस १.०३१ छ । दक्षिण अफ्रिकाको ४ खेलमा ३ मा जित र १ मा हार सहित समान ६ अंक भएपनि रनरेटका कारण तेस्रो स्थानमा छ । दक्षिण अफ्रिकाको नेटरनरेट प्लस ०.७४२ छ । श्रीलंका ५ खेलमा २ मा जित र ३ मा हार सहित चौथो स्थानमा रहेर बाहिरिएको छ । वेस्टइन्डिज ४ खेलमा १ मा जित र ३ मा हार सहित पाँचौ स्थानमा रहेर बाहिरिएको छ। बंगलादेश ५ खेलमा ५ मानै हारका साथ बाहिरि सकेको छ ।

सुपर १२ को समूह २ मा पाकिस्तान ४ खेलमा ४ मानै जितका साथ शीर्ष स्थानमा छ । पाकिस्तान सेमिफाइनलमा पुगि सकेको छ । न्युजिल्यान्ड ४ खेलमा ३ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । अफगानिस्तान ४ खेलमा २ मा जित र २ मा हार सहित तेस्रो स्थानमा छ । भारत ३ खेलमा १ मा जित र २ मा हारका साथ चौथो स्थानमा छ । नामिबिया ४ खेलमा १ मा जित र ३ मा हार सहित पाँचौं स्थानमा छ । स्कटल्यान्ड सुरुवाती ३ खेलमा हारका साथ बाहिरिएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.