default_image

4 years ago

November 5, 2021

भारतको उत्कृष्ट बलिङसँगै स्कटल्यान्ड सस्तैमा अल आउट

135 views

0 Bookmark

एजेन्सी – स्पिनर रविन्द्र जडेजा र तीव्र गतिका बलर मोहम्मद शामीको उत्कृष्ट बलिङको सहयोगमा आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ को खेलमा स्कटल्यान्डले भारतलाई ८६ रनको सामान्य विजयी लक्ष्य दिएको छ ।


दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको स्कटल्यान्ड १७.४ ओभरमा ८५ रनमा अल आउट भयो । स्कटल्यान्डका ओपनर जर्ज मुन्शेले १९ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक २४ रन बनाए । कलुम म्याकलड १६ र माइकल लिस्क २१ रनमा आउट भए ।


तीव्र गतिका बलर जस्प्रित बुमराहले तेस्रो ओभरको तेस्रो बलमा ओपनर तथा कप्तान काइल कोट्जरलाई १ रनमा बोल्ड आउट गरे । छैटौं ओभरको दोस्रो बलमा तीव्र गतिका बलर मोहम्मद शामीले मुन्शेलाई हार्दिक पान्ड्याबाट क्याच गराएपछि स्कटल्यान्डले रन जोड्न संघर्ष गरेको थियो । त्यसपछि स्पिनर रविन्द्र जडेजाले स्कटल्यान्डको ब्याटिङक्रम धरासय बनाएका थिए ।

रिची बेरिंगटनलाई जडेजाले शून्यमा बोल्ड आउट गरे । सातौं ओभरको अन्तिम बलमा म्याथ्यु क्रसलाई एलबीडब्लू आउट गरेपछि स्कटल्यान्ड समस्यामा परेको थियो । जडेजालेनै आक्रामक ब्याटिङ गरेका माइकल लिस्कलाई २१ रनमा एलबीडब्लू आउट भएपछि मध्यम योगफलको सम्भावना पनि टाढिएको थियो । लिस्कले १२ बलमा २ चौका र १ छक्का प्रहार गरे । मार्क वाटले १३ बलमा २ चौका सहित १४ रन बनाए ।


भारतका स्पिनर रविन्द्र जडेजाले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । तीव्र गतिका बलर मोहम्मद शामीले ३ ओभरमा १ मेडन सहित १५ रन खर्चेर ३ विकेट लिए । जस्प्रित बुमराहले ३.४ ओभरमा १ मेडन सहित १० रन खर्चेर २ विकेट लिए । रविचन्द्रन आश्विनको नाममा १ विकेट रह्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.