default_image

4 years ago

November 5, 2021

स्कटल्यान्डमाथि भारतको सानदार जित

159 views

0 Bookmark

एजेन्सी – भारतले आइसिसी टि२० विश्वकप २०२१ मा स्कटल्यान्डलाई ८ विकेटले हराउँदै सेमिफाइनल सम्भावना कायमै राखेको छ । सुपर १२ को समूह २ मा रहेको भारतले स्कटल्यान्डमाथि सानदार जितको साथ नेटरनरेटमा सुधार गर्दै सम्भावना आशा बढाएको छ ।


जितका लागि ८६ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारतले ६.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । भारतका ओपनर लोकेश राहुलले १९ बलमा ६ चौका र ३ छक्का सहित ५० रनमा आउट भए । राहुलले १८ बलमै अर्धशतक पूरा गरेका थिए ।

रोहित शर्मा १६ बलमा ५ चौका र १ छक्का सहित ३० रनमा एलबीडब्लू आउट भए । ओपनर रोहित र रोहलले पहिलो विकेटका लागि ५ ओभरमा ७० रनको विष्फोटक ब्याटिङका साथ उत्कृष्ट सुरुवात दिलाएका थिए । भारतले पहिलो पावर प्ले अर्थात ६ ओभरमा २ विकेट गुमाउँदै ८२ रन बनाएको थियो । पावर प्लेमा भारतले बनाएको सर्वाधिक रन हो । सूर्यकुमार यादव ६ र विराट कोहली २ रनमा अविजित रहे ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको स्कटल्यान्ड १७.४ ओभरमा ८५ रनमा अल आउट भएको थियो । स्कटल्यान्डका ओपनर जर्ज मुन्शेले १९ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक २४ रन बनाए । कलुम म्याकलड १६ र माइकल लिस्क २१ रनमा आउट भए ।

तीव्र गतिका बलर जस्प्रित बुमराहले तेस्रो ओभरको तेस्रो बलमा ओपनर तथा कप्तान काइल कोट्जरलाई १ रनमा बोल्ड आउट गरे । छैटौं ओभरको दोस्रो बलमा तीव्र गतिका बलर मोहम्मद शामीले मुन्शेलाई हार्दिक पान्ड्याबाट क्याच गराएपछि स्कटल्यान्डले रन जोड्न संघर्ष गरेको थियो । त्यसपछि स्पिनर रविन्द्र जडेजाले स्कटल्यान्डको ब्याटिङक्रम धरासय बनाएका थिए ।

रिची बेरिंगटनलाई जडेजाले शून्यमा बोल्ड आउट गरे । सातौं ओभरको अन्तिम बलमा म्याथ्यु क्रसलाई एलबीडब्लू आउट गरेपछि स्कटल्यान्ड समस्यामा परेको थियो । जडेजालेनै आक्रामक ब्याटिङ गरेका माइकल लिस्कलाई २१ रनमा एलबीडब्लू आउट भएपछि मध्यम योगफलको सम्भावना पनि टाढिएको थियो । लिस्कले १२ बलमा २ चौका र १ छक्का प्रहार गरे । मार्क वाटले १३ बलमा २ चौका सहित १४ रन बनाए ।

भारतका स्पिनर रविन्द्र जडेजाले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । तीव्र गतिका बलर मोहम्मद शामीले ३ ओभरमा १ मेडन सहित १५ रन खर्चेर ३ विकेट लिए । जस्प्रित बुमराहले ३.४ ओभरमा १ मेडन सहित १० रन खर्चेर २ विकेट लिए । रविचन्द्रन आश्विनको नाममा १ विकेट रह्यो ।

यो जितसँगै भारत तेस्रो स्थानमा उक्लिएको छ । भारतको ४ खेलमा २ मा जित र २ मा हार सहित ४ अंकका साथ तेस्रो स्थानमा छ । भारतले अन्तिम खेलमा नामिबियालाई सोमबार विशाल अन्तरले हराउनु पर्छ । तर अन्तिम खेलमा आइतबार न्युजिल्यान्ड अफगानिस्तानसँग पराजित भएको खण्डमा मात्र भारत सेमिफाइनलमा पुग्न सक्छ ।

न्युजिल्यान्ड विजयी भएमा भारत बाहिरिनेछ । न्युजिल्यान्ड अन्तिम खेलमा विजयी हुँदा ८ अंक हुने छ । भारतले अन्तिम खेलमा जित निकालेको खण्डमा ६ अंक मात्र हुनेछ । जसको कारण न्युजिल्यान्ड पराजित भएमा मात्र भारत नेटरनरेटको आधारमा सेमिफाइनलमा पुग्न सक्छ । तर नेटरनरेटमा निर्भर रहनेछ । भारतको नेटरनरेट प्लस १.६१९ र न्युजिल्यान्डको प्लस १.२७७ छ । अफगानिस्तानको नेटरनरेट प्लस १. ४८१ छ ।

अंक तालिका

सुपर १२ को समूह १ मा इंग्ल्यान्ड ४ खेलमा ४ मानै जितका साथ ८ अंक जोड्दै शीर्षस्थानमा छ । इंग्ल्यान्ड सेमिफाइनलमा पुगि सकेको छ । अष्ट्रेलिया ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ दोस्रो स्थानमा छ । अष्ट्रेलियाको नेटरनरेट प्लस १.०३१ छ । दक्षिण अफ्रिकाको ४ खेलमा ३ मा जित र १ मा हार सहित समान ६ अंक भएपनि रनरेटका कारण तेस्रो स्थानमा छ । दक्षिण अफ्रिकाको नेटरनरेट प्लस ०.७४२ छ । श्रीलंका ५ खेलमा २ मा जित र ३ मा हार सहित चौथो स्थानमा रहेर बाहिरिएको छ । वेस्टइन्डिज ४ खेलमा १ मा जित र ३ मा हार सहित पाँचौ स्थानमा रहेर बाहिरिएको छ। बंगलादेश ५ खेलमा ५ मानै हारका साथ बाहिरि सकेको छ ।

सुपर १२ को समूह २ मा पाकिस्तान ४ खेलमा ४ मानै जितका साथ शीर्ष स्थानमा छ । पाकिस्तान सेमिफाइनलमा पुगि सकेको छ । न्युजिल्यान्ड ४ खेलमा ३ मा जित र १ मा हार सहित आधारमा दोस्रो स्थानमा छ । भारत ४ खेलमा २ मा जित र २ मा हारका साथ तेस्रो स्थानमा उक्लिएको छ । अफगानिस्तान ४ खेलमा २ मा जित र २ मा हार सहित चौथो स्थानमा छ । नामिबिया ४ खेलमा १ मा जित र ३ मा हार सहित पाँचौं स्थानमा छ । स्कटल्यान्ड सुरुवाती ४ खेलमानै पराजित भएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.