default_image

4 years ago

November 6, 2021

टि२० विश्वकपमा इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच महत्वपूर्ण खेल हुँदै

208 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा सुपर १२ को समूह १ को अन्तिम खेलमा आज इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ ः४५ मा शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

इंग्ल्यान्ड ४ खेलमा ४ मानै जितका साथ ८ अंक जोड्दै शीर्ष स्थानमा छ । इंग्ल्यान्डको सेमिफाइनल पक्का भएपनि औपचारिकता बाँकी छ । इंग्ल्यान्ड आजको खेलमा विजयी भएमा समूह विजेताको रुपमा सेमिफाइनल खेल्नेछ । दक्षिण अफ्रिकालाई भने शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्न आजको खेल जित्नै पर्ने दबाब छ ।

दक्षिण अफ्रिकालाई सेमिफाइनलमा पुग्न विशाल जितको आवश्यक पर्छ । अथवा अष्ट्रेलिया पहिलो खेलमा पराजित भएमा तथा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई हराएमा सोझैं सेमिफाइनल खेल्नेछ । अष्ट्रेलिया र दक्षिण अफ्रिका दुबै पराजित भए वा विजयी भएमा एक टोली नेटरनरेटको आधारमा सेमिफाइनल खेल्नेछन् ।

अष्ट्रेलिया ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ दोस्रो स्थानमा छ । दक्षिण अफ्रिका ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंक जोड्दै तेस्रो स्थानमा छ । इंग्ल्यान्डको नेटरनरेट प्लस ३.१८३ छ । अष्ट्रेलियाको प्लस १.०३१ र दक्षिण अफ्रिकाको प्लस ०.७४२ नेटरनरेट छ । सुरुवाती चार खेलमा लगातार जित हात पारेको इंग्ल्यान्डको सेमिफाइनल पक्का भएको छ ।


इंग्ल्यान्डले पहिलो खेलमा वेस्टइन्डिजलाई ६ विकेटले हराएको थियो । बंगलादेश र अष्ट्रेलियालाई ८–८ विकेटले हराएको थियो । श्रीलंकालाई २६ रनले हराउँदै सेमिफाइनल पक्का बनाएको थियो । दक्षिण अफ्रिका पहिलो खेलमा अष्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो । वेस्टइन्डिजलाई ८ र श्रीलंकालाई ४ विकेटले पराजित गरेको थियो । बंगलादेशलाई ६ विकेटले हराएको थियो । जितेका तीनै खेल लक्ष्य पछ्याउँदा हुँदा पहिला ब्याटिङ गर्नुपरे दक्षिण अफ्रिका समस्यामा पर्नसक्छ ।

इंग्ल्यान्डका ओपनर जस बटलर राम्रो लयमा छन् । श्रीलंकालाई हराउन बटलरले १ सय १ रनको उत्कृष्ट अविजित शतकीय इनिङ खेलेका थिए । बटलरको लयलाई रोक्न दक्षिण अफ्रिकी बलरलाई मुख्य चुनौती हुने देखिन्छ । पछिल्लो खेलमा कप्तान ओईन मोर्गनले पनि आफ्नो लयलाई फर्काउँदै ४० रन जोडेका थिए ।

इंग्ल्यान्डको ब्याटिङमा गहिराई छ । जेसन रोय, जोनी बेयरस्टो, डेविड मलान र लियाम लिभिङस्टोन जस्ता टि२० प्रमुख ब्याटर टोलीमा छन् । जसको कारण ठूलो लक्ष्य बनाउन र पूरा गर्न सजिलै सक्छन् । स्पिनर मोईन अली र आदिल राशिदको जोडीले लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । क्रिस जोर्डन, टाइमल मिल्स र क्रिस वोक्सले तीव्र गतिको बलिङ युनिट सम्हाल्दै आएका छन् ।

दक्षिण एडेन माक्ररम राम्रो लयमा छन् । क्विन्टन डी कक विश्वकपमा अपेक्षा अनुसार प्रदर्शन गर्न सकेका छैनन् । उनीबाट दक्षिण अफ्रिका महत्वपूर्ण खेलमा उत्कृष्ट इनिङ चाहन्छ । रास्सी भान डर डुसेनले मध्यक्रम सम्हाल्नेछन् । फिनिसरमा डेविड मिलर रहनेछन् । दक्षिण अफिा्रका मुख्य हतियार तीव्र गतिका बलर कागिसो रबाडा र एनरिच नोर्किया हुन् ।

यी दुई बलरको उत्कृष्ट प्रदर्शन विना दक्षिण अफ्रिकालाई जितको लागि कठिन पर्नेछ । स्पिनर तबरेज शाम्सीले लगातार उच्च प्रदर्शन गर्दै आएका छन् । उनी इंग्ल्यान्डका ब्याटरलाई टाउको दुखाईका स्पिनर बन्नसक्छन् ।


हेड टु हेड :

दक्षिण अफ्रिका र इंग्ल्यान्डबीच टि२० विश्वकपमा कुल ५ खेल भएका छन् । जसमा दक्षिण अफिा्रका तीन खेलमा विजयी हुँदा २ खेलमा पराजित भएको छ । २०१६ को टि२० विश्वकपमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको २ सय ३० रनको विशाल लक्ष्य इंग्ल्यान्डले १९.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको थियो । तर पछिल्ला पाँच टि२० आई खेलमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई हराउन सकेको छैन । दक्षिण अफ्रिका र इंग्ल्यान्डबीच कुल २१ टि२० आई खेल भएको छ । जसमा इंग्ल्यान्ड ११ खेलमा विजयी हुँदा ९ खेलमा पराजित भएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.