default_image

4 years ago

November 6, 2021

अष्ट्रेलियालाई वेस्टइन्डिजको मध्यम लक्ष्य

117 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को सुपरर १२ समूह १ मा रहेको वेस्टइन्डिजले अष्ट्रेलियालाई १ सय ५८ रनको मध्यम विजयी लक्ष्य दिएको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङ थालेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५७ रन बनायो । वेस्टइन्डिजका कप्तान काइरन पोलार्डले ३१ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ४४ रनको योगदान दिए । शिम्रन हेटमायर २८ बलमा २ चौका सहित २७ रन बनाए । आन्द्रे रसेल ७ बलमा १ चौका र २ छक्का सहित १८ रनमा अविजित रहे । ओपनर इविन लेविस २६ बलमा ५ चौका सहित २९ रन बनाउँदै आउट भएका थिए ।

क्रिस गेल १५, निकोलस पुरन ४, रोश्टन चेश शून्य र ड्वेन ब्राभो १० रनमा आउट भए । अष्ट्रेलिया जोश हेजलवुडले ४ ओभरमा ३९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । मिचेल स्टार्क, प्याट कमिन्स र एडम जाम्पाले १–१ विकेट लिए । अष्ट्रेलियालाई सेमिफाइनलमा पुग्न जित्नै पर्ने हुन्छ । वेस्टइन्डिज प्रतियोगिताबाट बाहिरी सकेको छ ।

अष्ट्रेलियाले आफ्नो समूह चरणको अन्तिम खेलमा वेस्टइन्डिजलाई हराएर मात्र सेमिफाइनलमा भने पुग्न सक्दैन । आजनै हुने अर्को खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई हराउनु पर्ने हुन्छ । अष्ट्रेलिया विजयी हुँदा उता इंग्ल्यान्डले हारेको खण्डमा भने नेटरनरेटमा निर्भर रहनेछ । त्यसैले अष्ट्रेलियालाई विशाल जितको दबाब पनि रहनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.