default_image

4 years ago

November 12, 2021

टि२० विश्वकपले नयाँ च्याम्पियन पाउने

155 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकपले २०२१ मा नयाँ च्याम्पियन पाउने भएको छ । न्युजिल्यान्ड र अष्ट्रेलिया फाइनलमा पुगेपछि टि२० विश्वकपले नयाँ च्याम्पियन पाउने भएको हो । पहिलो सेमिफाइनलमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै फाइनमा स्थान बनाएको थियो । दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटलेनै हराउँदै फाइनलमा स्थान बनाएको छ ।

यी दुबै टोलीले टि२० विश्वकप उपाधि जित्न सकेका छैनन् । न्युजिल्यान्ड पहिलो पटक टि२० विश्वकपको फाइनलमा पुगेको हो । अष्ट्रेलिया दोस्रो पटक फाइनलमा पुगेको हो । अष्ट्रेलिया सन् २०१० को टि२० विश्वकप फाइनलमा इंग्ल्यान्डसँग ७ विकेटले पराजित भएको थियो । यसअघि ६ टि२० विश्वकपका संस्करण सकिँदा पाँच टोली च्याम्पियन बनेका छन् । वेस्टइन्डिजले २०१२ र २०१६ मा दुई पटक उपाधि जितेको थियो ।
२००७ मा भारतले पाकिस्तानलाई ५ रनले हराउँदै उपाधि जितेको थियो ।

२००९ मा पाकिस्तानले श्रीलंकालाई ८ विकेटले हराउँदै विश्व च्याम्पियन बनेको थियो । २०१० मा इंग्ल्यान्डले अष्ट्रेलियालाई ७ विकेटले हराउँदै च्याम्पियन बनेको थियो । २०१२ मा वेस्टइन्डिजले श्रीलंकालाई ३६ रनले पराजित गरेको थियो । २०१४ को टि२० विश्वकप फाइनलमा श्रीलंकाले भारतलाई ६ विकेटले हराएको थियो । अन्तिम संस्करण २०१६ मा वेस्टइन्डिजले इंग्ल्यान्डलाई ४ विकेटले हराउँदै च्याम्पियन बनेको थियो ।


अष्ट्रेलियाले सुपर १२ को समूह १ मा ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइन खेलेको थियो । समूह चरणमा अष्ट्रेलिया इंग्ल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । न्युजिल्यान्ड सुपर १२ को समूह २ मा ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनल खेलेको थियो ।


न्युजिल्यान्ड पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । सुपर १२ को समूह १ बाट इंग्ल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ शीर्षस्थानमा रहेर सेमिफाइनल खेलेको थियो । सुपर १२ को समूह २ बाट पाकिस्तान ५ खेलमा ५ मानै जितका साथ शीर्षस्थानमा रहेर सेमिफाइनल खेलेको थियो । पाकिस्तान सेमिफाइनलमा पहिलो हार खादै बाहिरिएको हो । योसँगै पाकिस्तानको यूएईमा लगातार १६ खेलमा अपराजित यात्रा पनि सकिएको छ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.