4 years ago
December 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले डिसेम्बर तेस्रो सातामा बंगलादेशमा हुने एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताका लागि टोली छनोट गर्दा स्पाइकर रेश्मा भण्डारीसँगै ५ खेलाडी छनोटबाट बाहिरिएका छन् ।

प्रशिक्षणमा सहभागी २० खेलाडीबाट शनिबार १५ सदस्यीय टोली घोषणा गरिएको छ । संघले १२ सदस्यीय अन्तिम टोली अर्को साता घोषणा गर्ने जनाएको छ । शनिबार घोषित टोलीमा यसअघिको २० सदस्यीय टोलीबाट उषा विष्ट, जानकी भण्डारी, पुनम चन्द, शान्तिकला तामाङ र रेश्मा भण्डारी टोलीबाट बाहिरिएका छन् ।
रेश्मा लामो समयदेखि राष्ट्रिय टोलीबाट खेल्दै आएकी थिइन् । पछिल्लो समय घरेलु भलिबलमा समेत एपिएफबाट अपेक्षित प्रदर्शन गर्न नसकेकी रेश्मा छनोटबाट नै बाहिरिएकी हुन् । मिडल ब्लकर उषा विष्ट र लिबेरो शान्तिकला तामाङ भने चोटका कारण संघर्षरत थिए । यस्तै सन् २०१९ मा भएको सेन्ट्रल जोन भलिबल र १३ औं सागमा टोलीमा रहेका जानकी भण्डारी र पुनम चन्दले पनि छनोट चरण पार गर्न सकेनन् ।

नेपाली महिला टोली पहिलो संस्करणको सेन्ट्रल जोनको च्याम्पियन टोली हो । सन् २०१९ मा बंगलादेशमै भएको सेन्ट्रल जोनमा नेपाल एक सेट पनि नगुमाई अपराजित रहँदै च्याम्पियन बनेको थियो । यसपटक पनि नेपालको लक्ष्य च्याम्पियन बन्ने हुनेछ । प्रतियोगिता २१ देखि २९ डिसेम्बरसम्म हुँदैछ ।
१५ सदस्यीय टोली :
प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, निरुता ठगुन्ना, उषा भण्डारी, सफिया पुन, मनिषा चौधरी, कविता भट्ट, सलिना श्रेष्ठ, सरस्वती जैसी, अरुणा शाही, कृपा अधिकारी, लक्ष्मी चन्द, कामना विष्ट, सुनिता खड्का
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]