4 years ago
December 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको ढाकामा हुने आयोजना एभीसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको लागि राष्ट्रिय पुरुष भलिबल टोलीको छनोटको दोस्रो चरणमा १६ खेलाडी छनोट भएका छन् ।

मुख्य प्रशिक्षक हान एबिङले प्रारम्भिक टोलीमा रहेका २० खेलाडीबाट दोस्रो चरणमा १६ खेलाडी छनोट गरेका हुन् । पहिलोपटक राष्ट्रिय टोलीको प्रशिक्षणमा परेका धिरज बस्नेतले १६ सदस्यीय टोलीमा चरणमा स्थान बनाउन सफल भएका छन् । यस्तै राष्ट्रिय टोलीमा पूनरागमन गर्ने प्रयासमा रहेका मानबहादुर श्रेष्ठ र भैरव बम पनि १६ सदस्यीय टोलीमा समेटिएका छन् ।
पहिलोपटक प्रारम्भिक टोलीमा परेका झमन सिंह दर्जीसँगै दिल बहादुर सुनार दोस्रो चरणमा पर्न असफल भएका छन् । यस्तै विजय थापा र दुर्गा महतोले पनि दोस्रो चरणमा स्थान बनाउन सकेनन् ।
गत ३ मंसिरमा मुख्य प्रशिक्षक हान एबिङले २० सदस्यीय टोलीको घोषणा गर्दै प्रशिक्षण सुरुवात गरेका थिए । एभीसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिप आगामी डिसेम्बर २१ देखि २९ सम्म सञ्चालन हुँदैछ ।
यसअघि संघले शनिबार १५ सदस्यीय टोली घोषणा गरेको थियो । संघले १२ डिसेम्वरमा अन्तिम १२ सदस्यीय टोली घोषणा गर्ने जनाएको छ ।
१६ सदस्यीय टोलीः
इम बहादुर राना, हरि हजुर थापा, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, धिरज बस्नेत, टेकराज अवस्थी, हरि बहादुर अधिकारी, दुर्गा बहादुर खड्का, भैरव बम, दिपकराज जोशी, विशाल विक, सरन सामरी क्षेत्री, रविन चन्द, विनोद चन्द र इश्वर थापा
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]