4 years ago
December 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – स्पाइकर मानबहादुर श्रेष्ठ र मिडल ब्लकर भैरव बमले नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीमा पुनरागमन गरेका छन् । नेपाल भलिबल संघले आइतबार एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताका लागि १२ सदस्यीय अन्तिम टोली घोषणा गर्दा त्रिभुवन आर्मी क्लबमा खेलिरहेका यी दुईले पुनरागमन गरेका हुन् ।

मंसिर पहिलो साताबाट डच प्रशिक्षक हान एबिङले २० सदस्यीय टोलीसहित प्रशिक्षण सुरु गरेका थिए । गत साता १६ सदस्यीय टोली घोषणा गरिएकोमा अन्तिम टोलीमा ४ खेलाडी परेनन् । स्पाइकरद्वय रविन चन्द र धिरज बस्नेतसँगै मिडल ब्लकर दीपकराज जोशी र लिबेरो इश्वर थापाले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् ।
मानबहादुरले सन् २०१९ मा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा बीच भलिबल खेल्दा नेपालमै भएको एभिसी सेन्ट्रल जोनमा टोलीमा समावेश रहेका थिएनन् । त्यसयता घरेलु भलिबलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका उनले टोलीमा पुनरागमन गर्न सफल भए । भैरवले आर्मीबाट दोस्रो रोजाइमा रहँदै आएपनि प्रशिक्षणमा राम्रो प्रदर्शन गरेपछि टोलीमा परेका हुन् ।
एभिसी सेन्ट्रल जोन महिला तथा पुरुषको भलिबल च्याम्पियनसिप पुस ६ देखि १४ गते सम्म बंगलादेशको ढाका आयोजना हुँदैछ । नेपाल महिला संस्करणको साविक च्याम्पियन हो । पुरुषतर्फ भने टोली समूह चरणबाट नै बाहिरिएको थियो ।
१२ सदस्यीय अन्तिम टोलीः
इम बहादुर राना, हरि हजुर थापा, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, टेकराज अवस्थी, हरि बहादुर अधिकारी, दुर्गा बहादुर खड्का, भैरव बम, विशाल विक, सरन सामरी क्षेत्री, विनोद चन्द
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]