default_image

2 years ago

December 13, 2021

लेस्टरको सानदार जित

121 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले सानदार जित निकालेको छ । लेस्टरले घरेलु मैदानमा न्युक्यासल युनाइटेडमाथि ४–० को सानदार जित आत्मसात गरेको हो ।

किङ पावर स्टेडियममा लेस्टरको जितमा युरी टिलेमान्सले दुई तथा पाट्सन डाँका र जेम्स म्याडिसनले समान एक गोल गरे । लेस्टरले पहिलो हाफमा एक तथा दोस्रो हाफमा तीन गोल थपेको थियो ।

३९औं मिनेटमा युरी टिलेमान्सको पेनाल्टी गोलबाट लेस्टरले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । ५७औं मिनेटमा पाट्सन डाँकाले गोल गर्दै लेस्टरको अग्रता दोब्बर पारे ।

८१औं मिनेटमा युरी टिलेमान्सले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै लेस्टरलाई सहज जिततर्फ अघि बढाए । त्यसको चार मिनेटपछि ८५औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेस्टरलाई फराकिलो जित दिलाए ।

यो जितसँगै लेस्टर १६ खेलबाट २२ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित न्युक्यासल १० अंक जोडेर १९औं स्थानमा रहेको छ ।

अर्काे खेलमा क्रिस्टल प्यालेसले एभर्टनलाई ३–१ ले पराजित गरेको छ । बर्नले र वेस्ट ह्यामले गोलरहित बराबरी खेलेका छन् ।

May 7, 2024

पिएसजी र डर्टमुण्ड बीचको दोस्रो लेग आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मान (पिएसजी) आज भिड्ने छन् । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा सुरु हुनेछ । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका […]

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

Success

Thank you for your time.