5 months ago
May 7, 2024
एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो ।
युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल भयो । यसअघि क्रिस्टल प्यालेसले १–० को जित निकालेको थियो ।
सेल्हस्ट पार्कमा खेलको १२औं मिनेटमा माइकल ओलिसेले गोल गर्दै क्रिस्टल प्यालेसलाई १–० को अग्रता दिलाए । उनले ड्यानियल मुनोजको पासलाई सदुपयोग गरे ।
४०औं मिनेटमा जिनफिलिप माटेटाले क्रिस रिचार्ड्सको पासमा गोल गरेपछि क्रिस्टल प्यालेस पहिलो हाफमा २–० ले अघि बढ्यो । ५८औं मिनेटमा टेरिक मिचेलले एडम व्हार्टनले गरेको उत्कृष्ट क्रसमा नजिकबाट ट्याप गर्दै क्रिस्टल प्यालेसलाई ३–० ले अघि बढाए ।
६६औं मिनेटमा ओलिसेले मुनोजकै पासमा गोल गर्दै युनाइटेडलाई ४–० को लज्जास्पद हार चखाए । पहिलो मिनेटदेखि नै ग्लासनरको टोली युनाइटेडविरुद्ध हावी देखिदा नतिजा पनि त्यही अनुसार निकाल्न सफल भयो ।
क्यासेमिरोले दुई पटक गोल गरेपनि मान्यता पाउन सकेन । उनको पहिलो गोलमा डिन हेन्डरसनलाई फाउल तथा दोस्रो गोलमा अफसाइड देखिएको थियो ।
यस नतिजासँगै युनाइटेड अर्काे सिजनको युरोपेली फुटबलमा नहुने सम्भावना छ । युरोपा कन्फरेन्स लिगमा स्थान सुरक्षित गर्नका लागि प्रिमियर लिगमा सातौं स्थानमा पुग्नुपर्छ वा युरोपा लिगमा स्थान बनाउन एफए कपको फाइनलमा म्यानचेस्टर सिटीलाई हराउनुपर्छ ।
युनाइटेड ३५ खेलबाट ५४ अंक जोडेर आठौं स्थानमा छ । क्रिस्टल प्यालेस ३६ खेलबाट ४३ अंक जोडेर १४औं स्थानमा छ ।
September 19, 2024
सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आज सुरु हुँदैछ । भरतपुर फुटबल क्लब (बिएफसी)को आयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुर एफसी र बागमती युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिमकेन्द्र) को मैदानमा दिउँसो ३:३० बजे सुरु हुनेछ । असोज १२ गतेसम्म चल्ने प्रतियोगितामा कुल १० […]
September 18, 2024
सुमन अधिकारी, बुटवल साविक विजेता भूपू सैनिक युवा क्लब ३६ औ संस्करणको पहिलो खेलबाटै बाहिरिएको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देही तिलोत्तमा नगरपालिका कुन्जलापुरस्थित उच्च माविको फुटबल मैदानमा बुधवार भएको उद्घाटन खेलमा गोर्खा ब्याईज क्लबले भूपूसैनिक युवा क्लबलाई ६-२ गोल अन्तरले पराजित गरेको हो । गोर्खा ब्वाइज क्लबले खेल […]
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं जिल्ला स्तरीय नकआउट तथा लिग फुटबल प्रतियोगिताको पहिलो बुधवार कुर्दान फुटबल एकेडेमी र बुढानिलकण्ठ फुटबल एकेडेमी विजयी भएका छन्। सानो गौचरणमा भएको पहिलो खेलमा कुर्दानले त्रिशक्ति युवा क्लबलाई पेनाल्टी सुटआउटमा ३-१ ले हरायो। निर्धारित समय ३-३ को बराबरीपछि पेनाल्टी सुटआउटमा कुर्दानले बाजी मारेको हो । अर्को खेलमा बुढानिलकण्ठले जेएफए स्पोर्टसलाई २-० […]