4 years ago
December 19, 2021
काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा यसै साता सुरु हुने एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा भाग लिन नेपाली दुवै टोली सोमबार त्यसतर्फ जाँदैछन् । नेपाल भलिबल संघले आइतबारले दुवै टोलीलाई आइतबार विदाई गर्यो ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले टोलीलाई विदाई गर्दै सफलताको कामना गरे । पुस ६ देखि १४ गते सम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीको सहभागिता रहने बताइएको छ । महिलातर्फ नेपाल साविक विजेता हो ।
महिला टोलीमा सेटर कृपा अधिकारी र मिडल ब्लकर मनिषा चौधरीले पूनरागमन गरेका छन । यस्तै यसअघिको प्रशिक्षणमा रहेपनि शान्ति थारु र कामना विष्ट र लक्ष्मी चन्द पहिलोपटक राष्ट्रिय टोली समेटिएका छन् । शान्ति आर्मीको तथा कामना र लक्ष्मीले नेपाल पुलिसबाट व्यवसायिक खेल खेल्दै आइरहेकी छन् ।

त्यस्तै पुरुषतर्फ स्पाइकर मानबहादुर श्रेष्ठ र मिडल ब्लकर भैरव बमले पुनरागमन गरेका छन् । मानबहादुरले सन् २०१९ मा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा बीच भलिबल खेल्दा नेपालमै भएको एभिसी सेन्ट्रल जोनमा टोलीमा समावेश रहेका थिएनन् ।

त्यसयता घरेलु भलिबलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका उनले टोलीमा पुनरागमन गर्न सफल भए । भैरवले आर्मीबाट दोस्रो रोजाइमा रहँदै आएपनि प्रशिक्षणमा राम्रो प्रदर्शन गरेपछि टोलीमा परेका हुन् । सोही प्रतियोगिता खेलाउँन नेपाली दुई रेफ्री विजय केसी र पूर्ण चौलागाई पनि टोलीसँग बंगलादेश जानेछन् ।

महिला टोली
प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, साफिया पुन, सुनिता खड्का, मनिषा चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, सलिना श्रेष्ठ, अरुणा शाही र कृपा अधिकारी ।
पुरुष टोली
इम बहादुर राना, हरि हजुर थापा, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, टेकराज अवस्थी, हरि बहादुर अधिकारी, दुर्गा बहादुर खड्का, भैरव बम, विशाल विक, सरन सामरी क्षेत्री, विनोद चन्द ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]