4 years ago
December 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ नेपालले पहिलो जित दर्ता गरेको छ ।

नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको हो । गत संस्करणको उपविजेता समेत रहेको उज्बेकिस्तानविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शनका साथ पुनरागमन जित हासिल गरेको हो ।
बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा शुक्रबार भएको खेलमा नेपालले पहिलो सेट १८–२५ ले गुमाएको थियो । दोस्रो सेटमा २५–२१ र तेस्रो सेट २५–१८ ले सहजै जितेको नेपालले प्रतिस्पर्धात्मक चौथो सेटमा २५–२३ को जित निकाल्न सफल भयो ।
यसअघि नेपाल आयोजक बंगलादेशसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । पुरुषतर्फ आयोजक बंगलादेश, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी पाँच राष्ट्रको सहभागिता रहेको छ ।

यसैगरी महिलातर्फ शुक्रबार विहान नेपालले लगातार दोस्रो जित निकालेको थियो । नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको हो । यसअघि नेपालले बिहीबार भएको खेलमा श्रीलंकामाथि ३–२ को रोमाञ्चक पूनरागमन जित निकालेको थियो ।
ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा शुक्रबार भएको खेलमा नेपालले पहिलो सेट २५–११ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा २५–९ को एकपक्षीय जित निकालेको नेपालले तेस्रो सेटमा २५–५ को सेटमा पराजित गर्न सफल भयो ।
तुलनात्मक रुपमा कमजोर माल्दिभ्सविरुद्ध प्रशिक्षक जगदिश प्रसाद भट्टले प्रतिभा माली र सरस्वती चौधरीजस्ता चर्चित खेलाडीलाई पहिलो र दोस्रो सेटमा विश्राम दिएको थियो । तेस्रो सेटमा सरस्वती र प्रतिभालाई मैदानमा उतार्दा नेपालले एकपक्षीय अंक जोड्दै जित निकाल्न सफल भएको थियो ।
लगातार दोस्रो जितसँगै नेपालको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । नेपालको दुई खेलबाट ५ अंक पुगेको छ । अब नेपाली महिला टोलीले २५ डिसेम्वरमा घरेलु टोली बंगलादेशसँग तथा लिगको अन्तिम खेलमा उज्वेकिस्तानसँग खेल्ने तालिका छ ।
महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता छ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै, तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ । फाइनल २९ डिसेम्वरमा हुनेछ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]