4 years ago
December 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एभिसी सेन्ट्रल जोन भलिबल अन्तर्गत नेपाली महिला राष्ट्रिय भलिबल टोलीले लगातार तेस्रो जित दर्ता गरेको छ । आयोजक बंगलादेशलाई सोझो सेटमा पराजित गर्दै नेपालले फाइनलनजिक पुगेको हो ।

शनिबार आयोजक टोलीविरुद्ध नेपालले औसत प्रदर्शन गर्दै एकपक्षीय नतिजा निकालेको हो । पहिलो सेटमा २५-५ को सहज जित निकालेको नेपालले दोस्रो सेट २५-१५ ले जितेको थियो । तेस्रो सेटमा कमजोर सुरुवात गरेपनि नेपालले २५-१७ को जित हासिल गर्यो ।
नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–२ को सेटमा तथा दोस्रो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । नेपालको तीन खेलबाट ८ अंक छ । दोस्रो स्थानमा रहेको उज्वेकिस्तानको ६ अंक छ । यस्तै श्रीलंकाको ४ तथा किर्गिस्तानको ३ अंक छ । बंगलादेशले अंकको खाता खोल्न सकेको छैन ।
महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता छ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै, तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ । फाइनल २९ डिसेम्वरमा हुनेछ ।
पुरुषतर्फ नेपालले आज नै नेपालले श्रीलंकासँग साँझ ५:४५ बजे खेल्दैछ । नेपाल दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा आयोजक बंगलादेशसँग सोझो सेटमा हार बेहोरेको नेपाल उज्वेकिस्तानलाई ३–१ को सेटमा हराउँदै जित निकालेको थियो । पुरुषतर्फ आयोजक बंगलादेश, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी पाँच राष्ट्रको सहभागिता रहेको छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]