default_image

4 years ago

December 28, 2021

सेन्ट्रल जोन भलिबल – नेपाली पुरुष टोली पदक विहिन

241 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला टोली एभिसी सेन्ट्रल जोनको च्याम्पियन बने पनि पुरुष टोली भने पदक विहिन बनेको छ । बंगलादेशमा जारी च्याम्पियनसिपको मंगलबार भएको तेस्रो स्थानको प्रतिस्पर्धामा उज्वेकिस्तानसँग ३–० ले पराजित हुँदै नेपाल पदक विहिन भएको थियो ।

उज्वेकिस्तानले नेपाललाई २५–१५,२५–१७,२५–२२ ले हराएको थियो । दुई वर्षअघि स्वदेशमा भएको च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । यसपटक भने पदकका लागि प्रतिस्पर्धा गरेपनि अन्त्यमा असफल भएको थियो । राउन्ड रोविनमा उज्वेकिस्तानमाथि जित हासिल गरेपनि पदकको भिडन्तमा भने असफल भएको छ ।

पाँच वर्षअघि माल्दिभ्समा भएको सोहि प्रतियोगितामा भने नेपाल कास्य पदक जितेको थियो । त्यो नेपाली पुरुष भलिबल टोलीले जितेको पहिलो पदक थियो । ४ दशक भन्दा लामो नेपालको अन्तर्राष्ट्रिय यात्रामा त्यो एक मात्र पदक हो ।

राउन्ड रोविनमा श्रीलंका र बंगलादेश पराजित नेपालले उज्वेकिस्तान र माल्दिभ्सलाई हराउँदै कास्य पदकका लागि प्रतिस्पर्धा गरेको थियो । मंगलबार नै उज्वेकिस्तानलाई ३–२ ले हराउँदै महिला टोलीले च्याम्पियनसिपको उपाधि रक्षा गरेको थियो ।

November 8, 2025

हङकङ सिक्सेस – नेपालको लगातार दोस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हङकङ सिक्सेसमा लगातार दोस्रो खेलमा पराजित भएको छ। दक्षिण अफ्रिकाले आज नेपाललाई ४ विकेटले पराजित गरेको छ। नेपाललाई ३.३ ओभरमा ५८ रनमा अल आउट गरेको दक्षिण अफ्रिकाले ३.४ ओभरमा २ विकेट गुमाउँदै ६४ रन जोडेर जित निकाल्यो । नेपालका लागि दुबै विकेट लोकेश बमले लिए ।त्यसअघि नेपालका लागि राशिद खानले सर्वाधिक […]

November 8, 2025

हङकङ सिक्सेस – नेपाल ३.३ ओभरमा अल आउट

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हङकङ सिक्सेसको आफ्नो दोस्रो खेलमा ५८ रनमा अल आउट भएको छ। दक्षिण अफ्रिकाले नेपाललाई ३.३ ओभरमा अल आउट गरेको हो।नेपालका लागि राशिद खानले सर्वाधिक १६ रन बनाए। हिजो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको थियो।

November 7, 2025

पुलिस झापा गोल्ड कपको फाइनलमा

दिपक बोहोरा / हिमाल खरेल , झापा नेपाल पुलिस क्लबले एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। संकटा एफसीलाई आज २-० गोलले पराजित पुलिस अन्तिम दुईमा पुगेको हो। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा खेलको सुरुवाती मिनेटदेखि नै दुवै टोलीले आक्रमक खेल प्रदर्शन गरे पनि पहिलो हाफमा गोल रहित बराबरी रह्यो। २४औं मिनेटमा पुलिसले कर्नर […]

Success

Thank you for your time.