4 years ago
December 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एभिसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियन नेपाली महिला टोलीलाई बिहीबार स्वदेश फर्कदा भव्य स्वागत गरिएको छ । मन्त्री परिषद्ले महिला टोलीका खेलाडीलाई जनही ५ लाख, प्रशिक्षकहरुलाई ३ लाख र व्यवस्थापकलाई २ लाख रुपैयाँ दिने निर्णय बुधबार नै निर्णय गरिसकेको थियो ।

महिला टोलीलाई स्वागत गर्न युवा तथा खेलकुद मन्त्री महेश्वजंग गहतराज, पूर्व युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइली, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मालगायत अन्य पदाधिकारी, भलिबलकर्मी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
मन्त्री गहतराजले महिला टोलीको सफलताका लागि बधाई दिदै मन्त्रीपरिषद्ले बुधबार नै पुरस्कारको घोषणा गरेको स्मरण गरे । उनले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) भित्रै भलिबलको कभर्ड हल र संघको कार्यालय हुने व्यवस्था मिलाइने दोहोराए । उनले अर्को वर्ष आयोजना हुने एसियाली खेलकुदमा नेपालको महिला र पुरुष दुवै टोलीले भाग लिने सम्भावना रहेको भन्दै त्यहि अनुसार तयारीमा जुट्नु सुझाव दिए ।

स्वागतपछि बोल्दै महिला टोलीकी कप्तान अरुणा शाहीले कभर्डको आवश्यकता रहेको दोहोराइन् । उनले टोलीका सबैलाई पुरस्कार राशी भने समान हुनुपर्ने माग समेत राखिन् । अरुणाले अहिलेको उपलब्धीलाई जोगाइराख्नका लागि भविष्यमा अझ धेरै मेहनत गर्नुपर्ने बताइन् ।
टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले विषम परिस्थितिमा तयारी गरेर सहभागि भएको स्मरण गरे ।
‘पुरस्कारका लागि सरकारलाई धन्यवाद । सरकारले वातावरण बनाइदिने हो । मन्त्री ज्यू कभर्ड हल बनाउने वचन दिनुभएको छ । पुरस्कारले थप जिम्मेवारी महसुस गरेका छौं,’ भट्टले भने, ‘अब भनेको भलिबलको स्तरमाथि उठाउने जिम्मेवारी हो । एसियामा कुन स्तरमा जाने भन्ने कुरा ठूलो हो । भलिबललाई देशव्यापी चलामायन बनाउने चुनौती छ । न इन्डोर हल छ । न ग्रास रुटको कार्यक्रम छ । उमेर समूहदेखि सातै प्रदेशमा प्रशिक्षण गर्ने हो भने धेरै अघि जान सक्छौं । संघले भलिबल विकासका लागि मन्त्रालयसँग हातेमालो गर्दै अघि बढ्नुपर्छ ।’

संघका अध्यक्ष अध्यक्ष शर्माले भलिबलले आउने दिनमा अझै मेहनत गर्ने बताए । ‘भलिबल मेहनत गर्न पछि पर्दैनौं । चेलीहरुले इज्जत बढाइदिएका छन् । यो भनेको सबैको इज्जत बढ्नु हो । शिर ठाडो पार्दिनुभएको छ , उनले भने, खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पनि त्यहि पुरस्कार गदिएको भए अझ राम्रो हुन्छ । सरकारले बजेट दिएको छैन । ३ करोड र कभर्ड हल चाहिन्छ । स्टोर बनाउनुहोस् हामी भलिबलको मेडल थपिन्छौं ।’
यसैबी नेपाल भलिबल संघले राष्ट्रिय खेलकुद परिषद (राखेप) मा टोलीलाई बधाई कार्यक्रमको आयोजना गरेको छ । बधाई कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ, नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संंघका अध्यक्ष दीपक श्रेष्ठ, पुर्व राष्ट्रिय महिला तथा पुरुष खेलाडीसँगै समर्थकले च्याम्पियन टोलीलाई बधाई ज्ञापन गरेका छन् ।
महिला टोलीले बंगलादेशको ढाकामा मंगलबार सम्पन्न भएको फाइनलमा उज्वेकिस्तानलाई ३–२ को रोमाञ्चक सेटमा सानदार जित निकाल्दै उपाधि रक्षा गरेको थियो । बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर हलमा मंगलबार भएको उपाधि भिडन्तमा उज्वेकिस्तानले कठिन चुनौती पेश गरेपनि नेपालले त्यो चुनौतीलाई चिर्दै २६–२४, २४–२६, २५–१५, २२–२५ र १५–१० ले आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो ।
यसअघि नेपालले २०१९ मा माल्दिभ्सलाई हराउँदै एक सेट पनि नगुमाई उपाधि जितेको थियो । यसपटकको च्याम्पियनसिपमा श्रीलंका र उज्वेकिस्तान थपिदा नेपालले दुवै टोलीसँग समान २–२ सेट गरी ४ सेट गुमाउन पुगेको थियो । नेपालले १८ सेट आफ्नो पक्षमा पारेको थियो । पुरुषतर्फ नेपाल उज्वेकसस्तानसँग सोझो सेटमा पराजित हुँदै पदक विहीन बन्न पुगेको थियो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]