4 years ago
December 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चर्चित भलिबल खेलाडी अमृत केसी झन्डै १० महिना मैदान बाहिर रहने भएका छन् । बायाँ खुट्टामा लागेको चोटको शल्यक्रिया गरेका कारण उनी लामो समय मैदान बाहिर रहने भएका हुन् ।

स्याङ्जाको पुतलीबजारमा भएको सर्वाधिक धनराशिको अन्तर पालिका स्तरीय दोस्रो पुतलीबजार कप भलिबल प्रतियोगिता खेल्ने क्रममा स्पाइक गरेर ल्यान्डिङ नमिल्दा उनले चोट बोक्न पुगेका थिए । उनको पोस्टेरिएर क्रुसिएट लिगामेन्ट (पिसिएल), एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसिएल) र मेडिकल कोलाटेरल लिगामेन्ट (एमसिएल) मम चोटसँगै दुई मिनिस्कस मध्ये एकमा पुरै चोट र अर्काेमा आंशिक चोट देखिएको छ ।
अमृतको मंगलबार ललितपुरस्थित बि एन्ड बि अस्पतालमा प्रख्यात डा. अमित जोशीको नेतृत्वमा करिव ४ घन्टापछि सफलतापुर्वक शल्यक्रिया भएको छ । शल्यक्रिया एकदमै राम्रो भएको र कोर्टमा फर्कन कम्तीमा पनि १० महिना लाग्ने बताइएको छ ।
अमृतको बुधबारदेखि नै फिजियोथेरापी प्रक्रिया सुरु भइसकेको छ । पहिलो दिन बढी दुखाई महसुस भएपनि दोस्रो दिन दुखाई महसुस कम भएको बताए । ‘सबै कुरा राम्रो भइरहेको छ । अस्पतालमै फिजियोथेरापी पनि सुरु गरिसकेको छु । राम्रै भइरहेको छ । तीन देखि चार दिनमा अस्पतालले अवस्था हेरेर डिस्चार्ज गर्ने भनेको छ ।’

अमृतले भने, ‘ठुलो सपना बोकेर घरेलु कोर्ट (पोखरा) मा टाइगर कप आमन्त्रण भलिबल खेल्ने आएको थिएँ । यस वर्ष पूरा भएन । अर्काे वर्ष अवश्य पनि बलियो भएर आउनेछु ।’
अस्पतालबाट डिस्चार्ज भएपछि एक महिना काठमाडौंमै र त्यसपछि भारतमा गएर फिजियो गराउने उनले बताए । उपचारमा फिजियो थेरापीसहित ८ लाख भन्दा बढी खर्च हुने अनुमान छ ।
यसैबीच टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले आफ्नो महत्वपुर्ण स्पाइकर अमृतको उपचारका लागि १ लाख ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । स्याङ्जा विरुवाका अमृतले भारतीय सेनामा कार्यरत भएपनि नेपाल आएको बेला गण्डकी प्रदेश र हेल्प नेपाल स्पोर्ट्स क्लबबाट घरेलु भलिबल खेल्ने गर्दछन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]