default_image

4 years ago

December 31, 2021

नयाँ र पुराना खेलाडीको सम्मिश्रणले ‘च्याम्पियन’ बनेको टोली

394 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबल टोलीले गत मंगलबार एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा च्याम्पियन बन्दै उपाधि रक्षा गर्न सफल भयो । यसपटक नेपालको उपाधि रक्षा अभियानमा श्रीलंका र उज्वेकिस्तानले बलियो चुनौती पेश गरेपनि नेपालले बाजी मार्न सफल भयो ।

यसपटकको च्याम्पियन टोलीमा तीन नयाँ खेलाडीले राष्ट्रिय टोलीमा डेब्यु गर्दा दुई खेलाडीले राष्ट्रिय टोलीमा पूनरागमनको अवसर पाए । ओपन स्पाइकर उषा भण्डारी सेन्ट्रल जोनको पहिलो संस्करणमा बन्द प्रशिक्षणमा रहेपनि अन्तिम १२ सदस्यीय टोलीमा थिइनन् ।

सेटर कृपा अधिकारी र मिडल ब्लकर मनिषा चौधरीले राष्ट्रिय टोलीमा पूनरागमन गर्दौ च्याम्पियन बन्न सफल हुँदा शान्ति थारु, कामना विष्ट र लक्ष्मी चन्दले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जिते । उषा दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जित्ने क्लबमा सामेल भइन् । उनी १३औं सागमा महिला टोलीले रजत जित्दा सदस्य थिइन् ।

दुई संस्करणको सेन्ट्रल जोनमा दोहोरो स्वर्ण जित्नेमा कप्तान अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी, सलिना श्रेष्ठ, सुनिता खड्का र साफिया पुन रहे । पहिलो संस्करणको च्याम्पियन टोलीका रेश्मा भण्डारी, उषा कुमारी विष्ट, जानकी भण्डारी, कमला पुन, निरुता ठगुन्ना र पुनम चन्द दोस्रो संस्करणमा टोलीमा पर्न सकेनन् ।

यसपटकको च्याम्पियनसिपमा श्रीलंका र उज्वेकिस्तान थपिँदा नेपालले दुवै टोलीसँग समान २–२ सेट गरी ४ सेट गुमाउन पुगेको थियो । नेपालले १८ सेट आफ्नो पक्षमा पार्यो । यसअघि नेपालले सन् २०१९ मा माल्दिभ्सलाई हराउँदै एक सेट पनि नगुमाई उपाधि जितेको थियो ।

प्रशिक्षण टोलीमा जगदिश प्रसाद भट्ट र भरत यादवले नै निरन्तरता पाए । व्यवस्थापकमा ज्योति केसी रहिन् । सन् २०१९ मा रीता कोइराला व्यवस्थापक थिइन् ।

एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप, बंगलादेश – (२०१९ नोभेम्वर ९–१४) (स्पर्णपदक)

यो प्रतियोगिता यस्तो रह्यो कि नेपाली भलिबलले यो प्रतियोगितालाई सधै सम्झिरहनेछ । प्रतियोगितामा पाँच खेल खेल्दै एक सेट पनि नगुमाई नेपाली भलिबलको इतिहासमा ऐतिहासिक स्वर्ण पदक जिताएको थियो । टोलीका आधाभन्दा बढी नयाँ खेलाडी रहेपनि नेपालले कुनै खेलमा विपक्षीलाई २० अंक भन्दा बढी अंक जोड्न दिएन ।

यो नै नेपाली भलिबलले पाएको अहिलेसम्मकै ठुलो सफलता हो । यसअघिका प्रतियोगितामा कास्यमा सीमित नेपाली टोलीले पहिलोपटक स्वर्ण जितेको थियो । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तीन संस्करण (१९९९, २००६ र २०१६) मा कास्यपदक जितेको नेपालले २०१४ मा काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा रजतपदक जितेको थियो । तर, त्यसलाई आधिकारिक मानिएको छैन ।

राउन्ड रोविन

– पहिलो खेल (२४ कात्र्तिक २०७६) मा अफगानिस्तानमाथि २५–४, २५–९ र २५–६ को एकपक्षीय जित । [६ खेलाडी निरुता ठगुन्ना, सुनिता खड्का र सलिना श्रेष्ठ पहिलो रोजाईमै ‘डेब्यु’, साफिया पुन, पुनम चन्द र जानकी भन्डारी (दोस्रो सेटमा ‘डेब्यु’)]

– दोस्रो खेल (२५ कात्र्तिक २०७६) मा किर्गिस्तानमाथि २५–१५, २५–१९ र २५–२० को सहज जित ।

– तेस्रो खेल (२६ कात्र्तिक २०७६) मा बंगलादेशमाथि २५–७, २५–६ र २५–६ को एकपक्षीय जित ।

– चौथो खेल (२७ कात्र्तिक २०७६) मा माल्दिभ्समाथि २५–१४, २५–५ र २५–१३ को सहज जित ।

फाइनल

(२८ कात्र्तिक २०७६) मा माल्दिभ्समाथि २५–१३, २५–१२ र २५–८ को सहज जितसहित च्याम्पियन ।

नेपाली टोली : अरुणा शाही (कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, रेश्मा भण्डारी, कमला पुन, उषा विष्ट, निरुता ठगुन्ना, सुनिता खड्का, सलिना श्रेष्ठ, जानकी भण्डारी, सोफिया पुन र पुनम चन्द, जगदिश भट्ट (मुख्य प्रशिक्षक), सलिना श्रेष्ठ (प्रशिक्षक), भरत यादव (प्रशिक्षक) र रीता कोइराला (व्यवस्थापक)

एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला तथा पुरुष भलिबल च्याम्पियनसिप, बंगलादेश – (२०२१ डिसेम्वर २३–२८) (स्पर्णपदक)

नेपालले फिलिपिन्समा भदौमा आयोजना हुने भनिएको एसियन भलिबल च्याम्पियनसिपको लागि असार पहिलो सातादेखि ३० खेलाडीलाई बन्द प्रशिक्षणमा राख्दै प्रशिक्षण थालेको थियो । झन्डै एक महिनाको प्रशिक्षण पछि नेपालले १८ सदस्यीय टोली छनोट गर्दै प्रशिक्षणलाई जारी राख्यो । तर, कोरोना महामारीको रेड जोनको कारण देखाउँदै नेपालले सहभागिताको अवसर पाएन । पछि च्याम्पियनसिप नै स्थगित हुन पुगेको थियो ।

त्यसपछि नेपाली टोलीको प्रशिक्षण पनि स्थगित भएको थियो । त्यसपछि बंगलादेशले महिला र पुरुषकै च्याम्पियनसिप आयोजना गर्ने भएपछि नेपालले बन्द प्रशिक्षणमा १७ (रियाँ कुँवर) चोटका कारण बाहिर र पुलिसका तीन खेलाडीलाई थप्दै २० सदस्यीय टोलीबाट प्रशिक्षण सुरु गर्यो । १२ सदस्यीय अन्तिम टोलीमा सेटर कृपा अधिकारी र मनिषा चौधरीले पूनरागमन गर्दा शान्ति थारु, कामना विष्ट र लक्ष्मी चन्दले पहिलो पटक टोलीमा स्थान बनाउन सफल भए ।

सन् २०१९ मा च्याम्पियन बन्दाको ६ खेलाडी टोलीमा नरहेपनि नेपालले उपाधि रक्षा गर्न सफल भयो । यसपटक नेपालको उपाधियात्रा त्यति सहज भएन । श्रीलंका र उज्वेकिस्तानले आगमनले प्रतिस्पर्धा चुलिएको थियो । नेपालले लिग चरणमा श्रीलंका र फाइनलमा उज्वेकिस्तानसँग समान २–२ सेट गुमाएको थियो ।

राउन्ड रोविन

– पहिलो खेल (८ पुस २०७८) मा श्रीलंकामाथि १९–२५, २१–२५, २५–१५, २५–१९ र १५–१३ को जित । [२ खेलाडी शान्ति थारु पहिलो रोजाईमा तथा कामना विष्ट दोस्रो सेटमा डेब्यु । कृपा अधिकारी र मनिष चौधरीको पूनरागमन]

– दोस्रो खेल (९ पुस २०७८) मा माल्दिभ्समाथि २५–११, २५–९ र २५–५ को सहज जित । [लक्ष्मी चन्दको डेब्यु]

– तेस्रो खेल (१० पुस २०७८) मा बंगलादेशमाथि २५–५, २५–१५ र २५–१७ को एकपक्षीय जित ।

– चौथो खेल (११ पुस २०७८) मा उज्वेकिस्तानमाथि २५–२०, २५–२३ र २५–१४ को जित

– पाँचौ खेल १२ पुस २०७८) मा किर्गिस्तानमाथि २५–८, २५–१४ र २५–१६ को सहज जित ।

फाइनल

(१३ पुस २०७८ मा) उज्वेकिस्तानमाथि २६–२४, २४–२६, २५–१५, २२–२५ र १५–१० को जितसहित च्याम्पियन ।

नेपाली टोली : अरुणा शाही (कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, सुनिता खड्का, सलिना श्रेष्ठ, साफिया पुन, कृपा अधिकारी, मनिषा चौधरी, उषा भण्डारी, शान्ति थारु, कामना विष्ट, लक्ष्मी चन्द, जगदिश भट्ट (मुख्य प्रशिक्षक), भरत यादव (प्रशिक्षक) र ज्योति केसी (व्यवस्थापक)

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.