default_image

4 years ago

January 3, 2022

गण्डकी प्रदेशको दोहोरो रुप ‘एकातिर हौसला, अर्कातिर निराशा’

354 views

0 Bookmark

विजय नेपाली, पोखरा

हरेक खेलाडीको एउटै इच्छा हुन्छ राष्ट्रिय टोलीबाट खेल्ने । उनीहरुको पहिलो लक्ष्य भनेकै राष्ट्रिय स्तरको खेल खेल्ने हुन्छ । राष्ट्रिय स्तरको खेल खेलेपश्चात मात्रै सबैको आँखामा पर्ने गरिन्छ । विश्वमा हरेक राष्ट्रले विभिन्न प्रतियोगिता गर्ने गर्दछन् । खेलाडी उत्पादन तथा उत्कृष्ट खेलाडी निकाल्नका लागि राज्यले नै राष्ट्रिय स्तरको प्रतियोगिताको आयोजना गर्दै आउँछन् ।

नेपालमा पनि राष्ट्रिय खेलकुद हुँदै आएको छ । प्रत्येक २-२ वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै आइरहेको छ । खेलाडीले २ वर्षसम्म निरन्तर राष्ट्रिय खेलकुद खेल्नकै लागि मिहेनत गरिहेको हुन्छ । राष्ट्रिय खेलकुद गर्नपाउनु नै ठुलो कुरा हो । देश संघीयतामा गइसकेपछि पहिलो पटक गण्डकी प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने सौभाग्य प्राप्त गरेको छ । गण्डकी प्रदेशको इतिहासमा यो आयोजना गर्न लागेको दोस्रो पटक हो । यस अघि दोस्रो संस्करणको वि.सं २०४० सालमा पोखरामा आयोजना गरिएको थियो ।

नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता अघिल्लो वर्ष गर्ने तय भएपनि कोरोना महामारीका कारण स्थगित गरिएको हो । नवौं गण्डकी प्रदेशमा हुने भएपछि स्थानीय प्रदेशका खेलाडी, पदाधीकारी, खेलसंघ देखि मुख्यमन्त्री तथा मन्त्रीहरुले गौरवको कुरा भनिरहँदा गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङले भने नवौं राष्ट्रिय खेलकुद काम नलाग्ने प्रतिक्रिया दिएका छन् । उनले एकातिर खेलाडीलाई सम्मान गरे भने अर्कातिर खेलाडीलाई निराशा पार्ने अभिव्यक्ति दिए ।

बंगलादेशमा सम्पन्न एशियन सेन्ट्रलजोन भलिबल च्याम्पियनसिपमा स्वर्ण विजेता नेपाली टोलीमा आबद्ध गण्डकी प्रदेशका ४ खेलाडीलाई प्रदेश खेलकुद मन्त्रालयले सम्मान गरेको छ । सोहि कार्यक्रममा बोल्दै उनले नवौंबारे विवादास्पद अभिव्यक्ति दिए । मन्त्री गुरुङले यस अघिपनि पटक पटक उक्त प्रतिक्रिया राख्दै आएका थिए ।

‘यो नवौं-नवौं भनिरहेको छ के छ यो नवौं मा ? हामीलाई केहि मतलबै छैन । खासमा यो नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता कामै छैन,’ उहाँले भन्नुभयो,‘के खेलाडीलाई आलु खुवाएर खेलाउने हो र ? बजेट हुन परेन ?’

नवौंका लागि केन्द्र सरकारले नै बजेटको व्यवस्था गर्छ । प्रदेश सरकारले त्यसमा हातेमाले गर्नेमात्रै हो । मन्त्री गुरुङले समग्र खेलकुदमाथि नै लात हान्ने काम गर्नखोजेको स्पष्ट देखिएको छ । हरेक प्रशिक्षक र खेलाडीले राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कयौ खुडकिलाहरु पार गर्दै आइरहेको हुन्छन् । त्यसका लागि आफ्नै कथा आफ्नै व्यथा हुन्छन् ।

राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले भने मन्त्रीको कुराले निकै निराशा बनाएको सुनाइन् । उनले हरेक खेलाडीको सपना नै टुट्ने जवाफ पाउँदा निराशा भएको अभिव्यक्ति दिइन् । ‘कुनै पनि खेलाडीको स्तर वृद्धि गर्न प्रतियोगिताहरुको आयोजना हुनै पर्दछ । राष्ट्रिय भनेको राष्ट्रिय नै हुन्छ,’ उहाँले भन्नुभयो, ‘मन्त्रीज्यूको बोलिले त हामीलाई निराशा बनायो ।’

उता गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज गुरुङले पनि नवौं राष्ट्रिय खेलकुद आफैंमा गौरवको विषय भएको बताए ।

चार खेलाडी ५० हजार सहित सम्मानित

हालैमा बंगलादेशमा सम्पन्न एशियन सेन्ट्रलजोन भलिबल प्रतियोगिता अन्तरगत महिला तर्फ नेपाल च्याम्पियन बन्न सफल भएको छ । नेपालले दोस्रो पटक उपाधी रक्षा गरेको हो । सोही टोलीमा रहनुभएका गण्डकी प्रदेशका ४ खेलाडीलाई प्रदेश खेलकुद मन्त्रालय गण्डकीले नगद सहित सम्मान गरेको छ ।

प्रदेश खेलकुद मन्त्रालयले टोलीकी कप्तान म्याग्दीकी अरुणा शाही, तनँहुकी उषा भण्डारी, बागलुङकी साफिया पुन र नवलपुरकी शान्ती कुमारी थारुलाई नगद ५०-५० हजार रुपैँया र सम्मान पत्रले सम्मान गरेको हो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.