4 years ago
January 3, 2022
उत्तम रिजाल, झापा
दमक नगरपालिका र झापा गाउँपालिका आ आफ्नो समूहको विजेता बन्दै झापाको सुरुङ्गामा जारी प्रदेश १ स्तरीय अन्तर पालिका कनकाई कप भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

दमकले सोमबार समुह ए को अन्तिम खेलमा उपाधि दाबेदार भोजपुरको आमचोक गाउँपालिकालाई र समुह बी को खेलमा झापाले मोरङ्गको बेलबारी नगरपालिकालाई पराजित गर्दै समूह आ आफ्नो समूहको विजेता बनेका हुन् । तीन राष्ट्रिय खेलाडीसहित मैदानमा उत्रिएको दमकले आमकोचमाथी सोझो सेटमा जित हात पारेको थियो । दमकले आमचोकलाई २५–२१, २५–२२ र २५–२३ को सोझो सेटमा पराजित गरेको थियो ।
दमकबाट राष्ट्रिय खेलाडी धनबहादुर भट्ट, हरिहजुर थापा र हरिबहादुर अधिकारीले खेलेका थिए । तीनै खेलाडी हालै बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जो च्याम्पियनसिप खेलेर फर्केका हुन् । धनबहादुर खेलको म्यान अफ द म्याच चुनिए । त्यस्तै झापाले बेलबारी नगरपालिकालाई २५–२२, २५–२२ र २५–१३ को सोझो सेटमा पराजित गरेको थियो । विजेता टोलीका रोहित शिवाकोटी म्यान अफ द म्याच घोषित भए ।
फाइनल प्रवेशका लागि मंगलबार दमकले समुह बी को उप–विजेता बेलबारी तथा झापाले समुह ए को उप–विजेता आमचोकसँग प्रतिस्पर्धा गर्नेछ । प्रदेश १ का ६ पालिकाको सहभागिता रहेको सो प्रतियोगितामा प्रत्येक पालिकाले तीन जना राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी सहभागी गराउँन पाउने छन् । प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार एक सय एघार तथा उप–विजेताले नगद एकाउन्न हजार हात पार्नेछ । प्रतियोगिताको आयोजना सुरुङ्गा जेसीजले गरेको हो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]