4 years ago
January 5, 2022
उत्तम रिजाल, झापा
दमक नगरपालिकाले कनकाई कप भलिबल प्रतियोगिताको उपाधि जितेको छ । झापाको सुरुङ्गामा बुधबार सम्पन्न खेलमा झापा गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै दमकले उपाधि जितेको हो ।
पहिलो सेटमा २५–१६ को जित हात पार्दै खेलमा अग्रता लिएको दमकले दोश्रो सेटमा रबिन गौतमले उत्कृष्ट प्रदर्शन गरेपछि २२–२५ ले गुमाउन पुगेको थियो । तर, तेश्रो सेटमा धन बहादुर भट्ट, ज्योति प्रकाश लावती र हरिबहादुर अधिकारीले उत्कृष्ट प्रदर्शन गरेपछि दमकले २५–१९ को जित निकाल्दै खेलमा २–१ को अग्रता लियो ।
चौथो सेटमा पनि दमकले उत्कृष्ट प्रदर्शन गरेपछि २५–२३ को जित निकाल्दै उपाधि जितेको थियो । दमकका धन बहादुर भट्ट फाईनल खेलको म्यान अफ द म्याच भए । जितसँगै दमकले १ लाख १ हजार १ सय ११ हात पार्यो । झापाले ५१ हजार रुपैयाँ प्राप्त गर्यो ।
त्यस्तै झापाका गणेश कट्वालले बेष्ट डिफेन्स र दमकका हरिबहादुर अधिकारीले बेष्ट क्विकर पाए । दमककै हरिहजुर थापा बेष्ट सेटर भए भने झापाका रोहित शिवाकोटी बेष्ट ब्लकर भए । दमकका धन बहादुर भट्टले प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीको उपाधिले हात पारे । उनले नगद १० हजार रुपैयाँ समेत प्रप्त गरे ।
प्रतियोगिताको विजेता तथा उप–विजेताहरुलाई प्रमुख अतिथि प्रतिनिधि सभा सांसद एलपी साँवा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र कुमार पोखरेल, सभाध्यक्ष तथा सुरुङ्गा जेसीज बर्ष २०२१ को अध्यक्ष उषा यदुका उप्रेति लगायतले पुरस्कार प्रदान गरेका थिए । सुरुङ्गा जेसिजले आयोजना प्रतियोगितामा प्रदेश १ का ६ पालिकाको सहभागिता थियो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]