default_image

4 years ago

January 10, 2022

साविक विजेता गण्डकीको विजयी सुरुवात

270 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – साविक विजेता गण्डकी प्रदेशले दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप २०७८ अन्तर्गत पुरुष तर्फ विजयी सुरुवात गरेको छ । गण्डकीले विभागीय नेपाल एपिएफ क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमबार भएको खेलमा गण्डकीले पहिलो सेट २५–१७ ले सहजै आफ्नो पक्षमा पार्दा दोस्रो सेटमा २५–२२ को जित निकालेको थियो । तेस्रो सेटमा पनि गण्डकीले २५–१७ को सहज जित निकाल्न सफल भयो । गण्डकीले एपिएफलाई खेलमा कुनै पनि समय खुलेर खेल्न दिएन ।

पुरुषतर्फकै अर्काे खेलमा उपाधि दावेदार टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब विभागीय नेपाल पुलिस क्लबसँग ३–२ को सेटमा स्तब्ध बनेको छ । हेल्प नेपालले सुरुवाती दुई सेट जितेपनि त्यसपछिको तीन सेट गुमाउन पुग्दा पराजय बेहोर्न पुग्यो । पहिलो सेटमा २५–१६ को सहज जित निकालेको हेल्प नेपालले प्रतिपस्पर्धात्मक दोस्रो सेटमा ३१–२९ को संघर्षपूर्ण जित निकाल्दै जिततर्फ अग्रसर बनेको थियो ।

तर, त्यसपछि लय गुमाएको हेल्प नेपालले तेस्रो सेट १९–२५ ले तथा चौथो सेट २३–२५ ले गुमाउन पुगेको थियो । प्रतिस्पर्धात्मक बनेको निर्णायक सेट पनि हेल्प नेपालले १५–१७ ले गुमाउन पुगेको थियो ।

महिलातर्फ होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र नेपाल एपिएफ क्लबले विजयी सुुरुवात गरेका छन् । डायमन्डले विभागीय त्रिभुवन आर्मी क्लबलाई तथा एपिएफले साविक विजेता नेपाल पुलिस क्लबलाई मिान ३–१ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । डायमन्डले आर्मीमाथि २५–१७, २५–२२, १३–२५ र २५–१७ को जित निकाल्न सफल भयो । एपिएफले पुलिसमाथि २६–२४, २५–१८, २३–२५ र २५–२३ ले जित निकाल्यो ।

१ माघसम्म हुने प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान ५–५ टोलीको सहभागिता रहेको छ । महिला र पुरुषतर्फको विजेताले समान ३ लाख, उपविजेता टोलीले १ लाख ५० हजार, तेस्रो हुनेले ७५ हजार र सान्त्वना हुने टोलीले ३५ हजार प्राप्त गर्नेछ । महिला तथा पुरुषतर्फको सर्वाेत्कृष्ट खेलाडीले समान २५ हजार प्राप्त गर्नेछन् । हरेक विधाका उत्कृष्ट (स्पाइकर, सेटर, ब्लकर, सर्भर, लिवेरो र प्रशिक्षक) ले समान १०–१० हजार रुपैयाँ हात पार्नेछन् । प्रतियोगिता हेर्न साउथ सेन्ट्रल एशियन भलिवल एशोसियसनका अध्यक्ष मोहमद लतिफ पनि आउनेछन् ।

प्रतियोगितामा २ सय २ सय प्रवेश शुल्क निर्धारित गरिएको छ । ई–सेवा रेमिटबाट प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । केएफसीले हरेक खेलको उत्कृष्ट डिफेन्डरलाई २५ सयको फुड भौचरसहित दुवै उपाधि विजेता टोलीलाई डिनरको व्यवस्था गरेको छ ।

प्रतियोगितामा मंगलबार पुरुष र महिलातर्फ समान दुई खेल हुनेछ । पुरुषतर्फ आर्मी र एपिएफ तथा गण्डकी र पुलिसबीच प्रतिस्पर्धा हुनेछ । महिलातर्फ एपिएफ र आर्मी तथा डायमन्ड र आयोजक टाइगर ग्रुपबीच प्रतिस्पर्धा हुनेछ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.