default_image

2 years ago

January 21, 2022

गण्डकीमा भलिबल : क्रेज छ, खेलाडी छन्, तर आफ्नै टोली छैन

विजय नेपाली, पोखरा नेपालको घरेलु भलिबलमा छोटो समयमा नै बेग्लै पहिचान बनाउन सफल टाइगर कपको दोस्रो संस्करण शनिबार सम्पन्न भयो । कोरोना त्रासका बाबजुद मनोरम हिमश्रृंखलाको पृष्ठभूमि सहितको पोखरा रंगशालाको भलिबल कोर्टमा दोस्रो संस्करण पहिलोको तुलनामा भव्य रुपमा सम्पन्न भयो । गण्डकी प्रदेशकै टाइगर ग्रुपले आयोजना गरेको यस प्रतियोगिताले समग्र नेपाली भलिबललाई ठूलो गुन त […]

185 views

0 Bookmark

विजय नेपाली, पोखरा

नेपालको घरेलु भलिबलमा छोटो समयमा नै बेग्लै पहिचान बनाउन सफल टाइगर कपको दोस्रो संस्करण शनिबार सम्पन्न भयो । कोरोना त्रासका बाबजुद मनोरम हिमश्रृंखलाको पृष्ठभूमि सहितको पोखरा रंगशालाको भलिबल कोर्टमा दोस्रो संस्करण पहिलोको तुलनामा भव्य रुपमा सम्पन्न भयो । गण्डकी प्रदेशकै टाइगर ग्रुपले आयोजना गरेको यस प्रतियोगिताले समग्र नेपाली भलिबललाई ठूलो गुन त लगायो नै, सँगसँगै प्रदेशको भलिबल विकासका लागि जुट्न ढिलो भइसकेको संकेत पनि छोडेर गएको छ ।

गत संस्करण उपाधि जितेको गण्डकी प्रदेशको पुरुष टोली यसपटक लिग चरणबाट बाहिरियो । महिलातर्फ प्रदेशको टोली निर्माण हुन नसक्दा टाइगर ग्रुपले विदेशी खेलाडीसहित आफ्नै टोली उतार्यो । गण्डकी प्रदेशका खेलाडीलाई प्राथमिकतामा राखेर निर्माण गरिएको उक्त टोलीले कुनै खेल जित्न सकेन । गण्डकी प्रदेश र आयोजकको टोलीले खराब प्रदर्शन गर्दा घरेलु भलिबलमा पकड जमाएका तीन विभागीय टोली र क्लबमा भने गण्डकी प्रदेशकै खेलाडी निर्णायक प्रदर्शन गर्दै आएका छन् ।

घरेलु भलिबललाई प्रतिस्पर्धात्मक बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा तीन विभाग (आर्मी, पुलिस र सशस्त्र) बाहेक केहि औंलामा गन्न सकिने क्लबहरु छन् । विभागबाहेक भन्ने बितिक्कै होंगान्जी न्यू डायमण्ड क्लबको नाम अगाडि आउँछ । घरेलु भलिबलमा प्रतिस्पर्धाका लागि मात्र होइन न्यु डायमण्डले त अझ स्तरीय खेलाडी उत्पादनका कारण पनि चर्चा कमाएको छ । पुरुषतर्फ अर्को नियमित प्रतियोगिता खेल्ने टोलीमा टिप टप हेल्प नेपाल क्लब रहेको छ । तर हेल्प नेपाल भने विदेशी खेलाडी भित्र्याउँदै मुख्य प्रतियोगितामा सहभागितामा मात्र सिमित रहेको छ ।

राष्ट्रिय टोली निर्माणमा न्यु डायमन्डको पनि उपस्थिति रहने गरेको छ । यता पुरुष राष्ट्रिय टोलीको हकमा भने शत प्रतिशत विभागकै खेलाडी रहँदै आएका छन् । तर तीनै विभागीय टोली तथा यसबाहेकका अन्य टोलीमा भने गण्डकी प्रदेशकै खेलाडीको बाहुल्यता रहेको छ । अन्य टोली बलियो बन्दा गण्डकी प्रदेशकै टोलीको अवस्था भने सन्तोषजनक छैन ।

खेल जीवनलाई निरन्तरता दिन भलिबल खेलाडीलाई विभागमा आवद्ध हुनु नेपाली खेलकुदको नियति नै बनेको छ छ । त्यसैले स्वभाविक छ प्रदेशले आफ्ना प्रदेशका खेलाडीलाई जोगाउन सक्ने अवस्था छैन ।

टाइगर कपमा यसपटक महिला र पुरुषर्फ समान ५-५ टोलीले भाग लिएका थिए । ३ विभागिय टोलीबाहेक पुरुषतर्फ हेल्प नेपाल र गण्डकी प्रदेश तथा महिलातर्फ डायमण्ड र टाइगर ग्रुपको सहभागिता थियो । गण्डकी प्रदेश र टाइगर ग्रुपबाहेक महिला र पुरुषका अन्य सहभागी ४ क्लबमा पनि गण्डकीकै खेलाडीको बाहुल्यता छ ।

गण्डकी भलिबलका लागि उर्वरभुमी हो । यहाँबाट उत्पादन भएका खेलाडी विभागिय टोलीमा आबद्ध हुनेको सुची लामै छ । विभिन्न क्लबमा गण्डकीका महिला तर्फ १० र पुरुष तर्फ १५ खेलाडी आबद्ध छन् । ती मध्ये ५ महिला र ८ पुरुष त राष्ट्रिय टोलीमै छन् ।

महिला टोलीकी कप्तान अरुणा शाहीदेखि उदीयमान स्पाइकर उषा भण्डारी गण्डकी प्रदेशकै हुन् । आर्मीका कप्तान धनबहादुर भट्टदेखि मानबहादुर श्रेष्ठ पनि यहि प्रदेशका हुन् । महिलातर्फ गण्डकीका ४ खेलाडी पुलिसमा, ४ आर्मीमा र २ खेलाडी एपिएफमा छन् ।

पुरुषतर्फ आर्मी र पुलिसमा समान ५-५, एपिएफमा ४ र हेल्प नेपालमा १ खेलाडी आबद्ध छन् । देशका नाम चलेका क्लबमा आबद्ध हुनेमा गण्डकीबाट उत्पादन भएका खेलाडीको सुची लामो छ । जन्मथलो कैलाली भएपनि राष्ट्रिय टोली तथा एपिएफकी मुख्य खेलाडी सरस्वती चौधरी र पुलिसकी मिडल ब्लकर मनिषा चौधरीले गण्डकीबाट खेलाडीको पहिचान बनाएका थिए ।

गण्डकी प्रदेशका जिल्ला जिल्लामा अवसर नपाएका भलिबल प्रतिभा अझै कति हुन सक्छन् त्यसको कुनै लेखाजोखा छैन । क्लब भलिबलमा गण्डकीका खेलाडीको बाक्लो उपस्थिति रहँदा प्रदेश टोलीको निरन्तरता रहन नसक्नु विडम्बना नै हो । टाइगर कपको पहिलो संस्करणमा पुरुषतर्फ आर्मीलाई पराजित गर्दै गण्डकी प्रदेशले उपाधि जित्दा निकै चर्चा भएको थियो । तर, दोस्रो संस्करणमा टोलीले चौथो स्थानमा चित्त बुझायो ।

भएका खेलाडीलाई संरक्षण गर्ने अवस्था नहुनु नै गण्डकीको कमजोर प्रदर्शनको कारण हो । आर्थिक रुपमा खेलाडी ढुक्क हुन नसकेपछि विकल्प खोज्ने क्रममा अधिकांश विभागीय टोलीमा आबद्ध हुनुपर्ने बाध्यता छ ।

यसपटक टाइगर ग्रुपले पहिलो पटक महिला टोली तयार गर्दा गण्डकी प्रदेशका खेलाडी नै जुटाउन कठिन भयो । कुनै समय महिला भलिबलमा टप्स, फिस्टेल र ज्ञानुबाबा विद्यालय चर्चामा थिए । तर अहिले निष्क्रिय हुँदा गण्डकीको महिला टोली पनि बन्न सक्ने अवस्था छैन । शिक्षाका साथसाथै भलिबल खेलाडी उत्पादनमा समेत अघि बढेकका ति विद्यालयले विस्तारै खेलकुदलाई धान्न नसक्दा प्रतिभा भएका खेलाडीले पनि मौका पाउन सकेका छैनन् । म्याग्दीकी अरुणा पनि पोखराबाटै भलिबल खेलाडीको परिचय बनाएकी हुन् ।

घरेलु भलिबल विकासमा ३ विद्यालयको भूमिका सम्झदै अरुणा भन्छिन्, ‘पहिलो देशको जुनसुकै ठाउँमा पनि फस्ट सेकेन्ड थर्ड हुने टिम भनेकै पोखराको थियो । आज भलिबलको जुन क्रेज छ त्यो क्रेज आएकै पोखराबाट हो ।’

तत्कालिन पश्चिमाञ्चल र हाल गण्डकी प्रदेशको आफ्नै टिम नहुँदा उनी निकै दुःखी भएको सुनाउँछिन् । ‘भलिबलमा गर्विलो इतिहास रचेको प्रदेशले खेलाडीको संरक्षण गर्न नसक्दा दुःख त लाग्छ नि,’ विगत दुई वर्षयता राष्ट्रिय टोलीको कप्तानी गर्दै आएकी अरुणाले सुनाइन् ।

राष्ट्रिय टोली तथा आर्मीका मुख्य स्पाइकर मानबहादुर आफू खेलका साथै आर्थिक रुपमा सुरक्षित अनुभूति हुने कारणले नै विभागमा प्रवेश गरेको बताउँछन्। उनको अनुभव छ ‘खेलाडीको मुख्य पाटो भनेकै आर्थिक हो । सबैको परिवार पाल्न पर्छ । केहि प्रतियोगिता खेलेकै भरमा कसरी जिवन जिउन सकिन्छ र ? खेलाडीका लागि शैक्षिक स्तर र दक्षता अनुसारको काम अथवा व्यवसाय तर्फ आकर्षण गर्न प्रदेश तथा स्थानीय सरकारले सक्यो भने यहाँको टिम निकै उत्कृष्ट बन्छ । करिअरपछि सुरक्षाको महसुस हुनपर्यो ।’

गत वर्ष गण्डकीलाई उपाधि दिलाउन निर्णायक भूमिका खेलेका किरण गुराउ र रुपेन्द्र गैरे यसपटक एपिएफबाट खेलेका थिए । गण्डकीका कप्तान हरी पाण्डे खेलाडी जता आम्दानी हुन्छ उतै जाने गरेको सुनाउँछन् । उनले भने, ‘हामी प्रदेशको टिमलाई माया गरेर बस्यौं । तर सबैको बस्न सक्ने अवस्था हुँदैन, आम्दानी जता छ त्यतै जानुपर्छ ।’

खेलाडी टिकाउनलाई विशेषगरी भलिबल संघले नै अग्रसरता देखाउनुपर्छ । प्रदेशको राजधानी पोखरा भएकाले कास्की जिल्ला भलिबल संघको जिम्मेवारी अन्य संघको भन्दा बढि रहन्छ । राजधानीमा नै प्रदेश छनोट हुन्छ । त्यो हिसाबले पनि पहिला त भलिबल संघले नै यसका लागि कदम चाल्न आवश्यक छ । अर्को पाटो भनेको प्रदेशको टिम बनाउँदा खेलाडीलाई नियमित प्रशिक्षण साथै आम्दानीको स्रोत हुनुपर्दछ । कुनै प्रतियोगिता हुँदा मात्रै खोजुवाको भरमा टिम बनाउँदा निश्चयपनि नतिजा फरक निस्कनेनै गर्छ ।

विभिन्न क्लबमा आबद्ध गण्डकीका खेलाडी

महिला खेलाडी

अरुणा शाही म्याग्दी – कप्तान (राष्ट्रिय महिला भलिबल टोली)

कृपा अधिकारी गोरखा त्रिभुवन आर्मी क्लब /राष्ट्रिय टोली

शान्तिकुमारी थारु नवलपुर, त्रिभुवन आर्मी क्लब/राष्ट्रिय टोली

मनिषा खांड स्याङजा ,आर्मी

साफिया पुन बागलुङ, आर्मी /राष्ट्रिय टिम

यमुना रसाइली बागलुङ, नेपाल पुलिस

तिला चौधरी नवलपुर, नेपाल पुलिस

उषा भण्डारी तनँहु, नेपाल पुलिस/राष्ट्रिय टोली

कमला पुन म्याग्दी, नेपाल पुलिस/राष्ट्रिय टोली

रिमा कुँवर पर्वत, न्यु डायमन्ड

हिरा केसी पर्वत, एपिएफ

रस्मिता दुरा लमजुङ, एपिएफ

पुरुष खेलाडी

इम राना कास्की, कप्तान, नेपाल पुलिस/ नेपाली राष्ट्रिय टोली

मानबहादुर श्रेष्ठ नवलपुर, त्रिभुवन आर्मी/नेपाली राष्ट्रिय टोली

दिलबहादुर सुनार बागलुङ, त्रिभुवन आर्मी/ नेपाली राष्ट्रिय टोली

धनबहादुर भट्ट गोरखा कप्तान, त्रिभुवन आर्मी/ नेपाली राष्ट्रिय टोली

दुर्गा महतो नवलपुर, त्रिभुवन आर्मी/ नेपाली राष्ट्रिय टोली

इश्वर थापा तनँहु, त्रिभुनव आर्मी/ नेपाली राष्ट्रिय टोली

झमान सिंह दर्जी बागलुङ, नेपाल पुलिस

प्रज्वल मल्ल म्याग्दी, नेपाल पुलिस

कुलबहादुर थापा गुल्मी (पश्चिमाञ्चल खेलाडी) नेपाल पुलिस/ नेपाली राष्ट्रिय टोली

रुपेन्द्र गैरे पर्वत, एपिएफ

विजय थापा मगर स्याङजा, एपिएफ÷ नेपाली राष्ट्रिय टोली

महेन्द्र श्रेष्ठ स्याङजा, एपिएफ

किरण गुराउ नवलपुर, एपिएफ

दिपक थापा स्याङजा, हेल्प नेपाल

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.