default_image

4 years ago

February 21, 2022

किसुनजी स्मृती हाफ म्याराथन चैतमा

357 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – किसुनजी स्मृती राष्ट्रिय महिला तथा पुरुष खुला हाफ म्याराथन अर्को महिना आयोजना हुने भएको छ। पूर्व प्रधानमन्त्री तथा नेपाल कांग्रेसका पूर्व सभापति कृष्णप्रसाद भट्टराई (किसुनजी) को स्मृतिमा नेपाल लोकतान्त्रिक खेलकुद संघको तत्वावधान तथा बागमती प्रदेश संघले गत वर्षदेखि आयोजना गर्न लागेको हो ।

यसपटक चैत १९ गते हाफ म्याराथन आयोजना गरिने आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशले सोमबार पत्रकार सम्मेलनमार्फ जानकारी दिएको छ । देशभर रहेको प्रतिभावान खेलाडीहरुलाई अवसर प्रदान गर्ने, भाईचारा र आपसी सहयोगको सम्वन्धलाई अझ प्रगाढ बनाउने तथा खेलकुदलाई ब्यावसायिकरण गर्ने प्रतियोगिताको उद्देश्यका साथ हाफ म्याराथनको सुरुवात गरिएको प्रदेशका अध्यक्ष दीपक गुरुङले बताए ।

झण्डै ११ लाख रुपैयाँ खर्च हनु अनुमान गरिएको प्रतियोगिताको दुवैतर्फका विजेताले ५० हजार, दोस्रोले ३० र तेस्रो हुने खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अघिल्लो संस्करणको तुलनमा यस पटक पुरस्कार राशीलाई दोब्बर पारिएको अध्यक्ष गुरुङले बताए । म्याराथनको समापनमा गत वर्ष जस्तै खेलकुदमा जीवन व्यतित गर्ने, खेलकोे विकास र विस्तारमा योगदान खेलकुद क्षेत्रमा बिशेष योगदान गर्ने खेलाडी, प्रशिक्षक र खेल पत्रकारलाई समेत नगद सहित सम्मान गरिने बताइएको छ ।

नेपाल एथलेटिक्स संघका सचिव आर.के. बिष्टले हाफ म्याराथन आयोजनालाई निरन्तरता प्रदान गर्नुले छोटो दुरीका खेलाडीहरुले प्रोत्साहान प्राप्त गर्ने महत्वपूण रहेको बताए । उनले प्रतियोगितालाई संघको स्विकृती प्रदान हुने र आगामी दिनमा संघको क्यालेन्डरमानै समावेश गराउने तर्फ पहल हुने बताए । पहिलो संस्कण २०७७ चैत महिनामा नै आयोजना भएको थियो ।

प्रतियोगिताको रुट गोल्फुटार बास्केटबल कोर्टबाट सुरु भई धुम्बाराही चोक, सुकेधारा, चावहिल, जयबागेश्वरी, गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी, हात्तीसार, जयनेपाल, दरवारमार्ग, केशरमहल, लैनचौर, लाजिम्पाट, पानिपोखरी, नारायणगोपाल चोक, गोल्फुटार, नारायणथान हुँदै पुन गोल्फुटार बास्केटबल कोर्ट पुगेर टुंगिने बताइएको छ । अध्यक्ष गुरुङले संघले भविष्यमा महिला राष्ट्रिय बास्केटबल आयोजना गर्ने समेत जानकारी दिए ।

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

Success

Thank you for your time.