default_image

12 hours ago

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

327 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ

विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् ।

विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ।

विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको ठाँउमा शंकर राना, सुवास भण्डारी खेल्दैछन् । लुम्बिनीले हिजैको‌ टोली उतारेको छ।

क्वालिफायर वानमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि क्वालिफायर टुमा खेल्नु परेको हो।
हिजो एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ४ विकेटले हराउँदै क्वालिफायर टुमा स्थान पक्का गरेको हो।

लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेट हराएको छ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

Success

Thank you for your time.