4 years ago
March 7, 2022
दमक (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबलाई पराजित गर्दै होंगान्जी न्यु डायमन्ड प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

झापा दमकको पसुहाटमा सोमबार भएको दोस्रो सेमिफाइनलमा न्यु डायमन्डले एपिएफलाई सोझो सेटमा पराजित गरेको हो । निकै रोमान्चक खेलको पहिलो सेटमा न्यु डायमन्ड ३०-२८ ले विजयी भएको थियो । एपिएफले लगातार ४ पटक सेट पोइन्ट रोकेपनि न्यु डायमन्ड प्रतिभा फ्रन्ट कोर्ट आएसँगै सेट पक्का गर्न सफल रहेको थियो ।
दोस्रो सेटमा डायमन्डले २५-१७ को जितसँगै २-० को अग्रता लिएको थियो । तेस्रो सेटमा एपिएफले अग्रता लिएपनि अन्तिम समयमा ले गुमाउँदा खेल सुम्पन पुगेको थियो । डायमन्डले तेस्रो सेट २६-२४ ले जित्दै उपाधि भिडन्तमा स्थान पक्का गरेको छ ।
यसअघि पहिलो सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता आर्मीले समूह ‘ए’ को विजेता पुलिसलाई ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो । आर्मीले सुरुवाती दुई सेट जित्दै फाइनल पुग्ने बलियो आधार तय गरेपनि त्यसपछि पुलिसले लगातार दुई सेट आफ्नो पक्षमा पारेपछि खेल पाँचौ सेटमा लम्बिएको थियो । तर, अन्तिम सेटमा आर्मी विजयी हुन सफल भयो ।
खेलको सुरुवातदेखि नै अग्रता लिएको आर्मीले त्यसलाई जोगाउँदै पहिलो सेट २५–१३ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । आर्मीले १८–१३ को स्थितिबाट लगातार ६ अंक जोड्दै जित निकाल्न सफल भएको थियो ।
प्रतिस्पर्धातमक बनेको दोस्रो सेटमा पनि आर्मीले ९-१३ ले पछि परेको स्थिति उल्ट्याएर २५-१५ को सोझो सेटमा जित निकाल्न सफल भयो । १५–१५ को बराबरीबाट आर्मीले लगातार १० अंक जोड्दै जित निकाल्न सफल भएको थियो । १३–९ ले अघि रहेको पुलिसले त्यसपछि मात्रै २ अंक जोड्दा आर्मी उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्न सफल भएको थियो ।
तेस्रो सेटमा सुरुवाती अग्रता लिनका बावजुत त्यसलाई जोगाउन नसक्दा आर्मीले १५–२५ ले गुमाउन पुग्यो । एकसमय १–५ ले पछि रहेको पुलिसले उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्न सफल भएको थियो । पुलिसले ८–८ को बराबरीबाट अग्रता लिदै सहज जित निकाल्न सफल भएके थियो ।
प्रतिस्पर्धात्मक चौथो सेट पुलिसले २५–१९ ले आफ्नो पक्षमा पारेपछि खेल पाँचौ सेटमा लम्विएको थियो । पुलिसले १०–१० को बराबरीबाट अग्रता बढाउँदै जित निकाल्न सफल भएको थियो । निर्णाउक तथा पाँचौ सेटमा १५–९ को सहज जित निकाल्दै आर्मी फाइनलमा पुग्न सफल भयो ।
पाँचौ सेटमा आर्मीले सुरुवाती अग्रता लिएपनि पुलिसले चुनौती पेश गरेको थियो । ६–६ को बराबरीको अवस्थाबाट आर्मीले अग्रता लिदै ११–९ को स्थितिबाट लगातार चार अंक बटुलेपछि आर्मी फाइनलमा पुग्न सफल भयो । अब उपाधिका लागि मंगलबार होङगान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र विभागीय त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल दिउँसो १ बजे हुनेछ ।
दमक भलिबल संघले ११२औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजना महिला राष्ट्रिय भलिबल प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा एपिएफसँगै पुलिस र प्रदेश १ तथा समूह ‘बी’ मा आर्मी, दमक भलिबल क्लब र न्यू डायमन्ड स्पोर्ट्स क्लब रहेका छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल २४ फागुनमा हुनेछ ।
प्रतियोगिताको विजेता २ लाख रुपैयाँसँग ट्रफी हात पार्नेछ । दोस्रो हुने टोलीले १ लाख प्राप्त गर्नेछ । सात्वना टोलीलाई समान १५ हजार रुपैया प्रदान गरिनेछ । विधागततर्र्फ सर्वाेत्कृष्ट खेलाडीले १० हजार रुपैया प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै व्यक्तिगतविधातर्फ स्पाइकर, ब्लकर, सेटर, सर्भर, डिफेन्डरले समान ५ हजार प्राप्त गर्नेछन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]