default_image

9 years ago

December 1, 2016

१३ औं सागको मिति शनिबार तोकिने

179 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको जिम्मेवारी पाएको झन्डै १० महिनापछि दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) बैठक शनिबार राजधानीमा हुने भएको छ । भारतमा फागुनको पहिलो साता सम्पन्न १२ औं सागको समापनमा नेपालले अर्को संस्करण आयोजनाका लागि झन्डा ग्रहण गरेको थियो । नेपालले सन् २०१८ मा १३ औं साग आयोजना गर्न सहमति जनाएपनि भौतिक पूर्वाधार निर्माणको काम सुरु भएको छैन ।

noc-1

एसएओसी बैठकले १३ औं सागको मिति तय गर्ने बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव लामा टेन्डी शेर्पाले जानकारी दिए । बैठकको अध्यक्षतामा एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले गर्नेछन् । आयोजक राष्ट्रको एनओसीका अध्यक्ष र महासचिव स्वतः एसएओसीको अध्यक्ष र महासचिव हुने प्रावधान अनुसार श्रेष्ठले बैठकको अध्यक्षता गर्नेछन् । बैठकमा साग खेल्ने ७ मध्ये ६ राष्ट्रका पदाधिकारीको सहभागिता निश्चित भइसकेको एनओसी अध्यक्ष श्रेष्ठले जानकारी दिए । भारतको सहभागिता भने अझै निश्चित भइसकेको छैन । बैठकमा भुटान, माल्दिभ्स, श्रीलंका, पाकिस्तान र बंगलादेशका पदाधिकारीको सहभागिता रहने निश्चित भइसकेको उनले बताए । अफगानिस्तान भने पछिल्लो सागपछि अलग मध्य एसिया क्षेत्रमा सामेल भइसकेको छ । अब सागमा ७ राष्ट्रबीच हुनेछ । बैठकमा एसओसीको हेर्डक्वार्टर स्थापना सम्बन्धि छलफल हुने र काठमाडौंमा स्थापना गर्न प्रस्ताव गर्ने पनि श्रेष्ठले जानकारी दिए ।
नेपालले आयोजना गर्न नसक्ने हुँदा श्रीलंकाले १३ औं साग आयोजनाको लागि इच्छा देखाएको श्रेष्ठले बताए । तर, नेपाल सरकार साग आयोजनाका लागि तयार भएकाले नेपालमै आयोजना गर्न प्रयासरत रहेको अध्यक्ष श्रेष्ठले बताए ।

एनओसी एक्सिलेन्सी अवार्ड
यसै महिना हुने नवौं साधारण सभामा एनओसीले दुईजना खेलकुद पत्रकारलाई सम्मान गर्ने भएको छ । ओलम्पिक मुभमेन्टमा योगदा पुर्याएको भन्दै श्याम चित्रकार र ओलम्पिक इतिहासको डकुमेन्ट्री बनाएका राजु सिलवाललाई मंसिर ३० गते एनओसी एक्सिलेन्सीबाट सम्मान गरिने एनओसी महासचिव शेर्पाले जानकारी दिए ।
मंसिर १५ गतेको बसेको एनओसी बैठक अर्को बषबार्ट हरेक बर्ष राष्ट्रिय संघमध्ये उत्कृष्ट काम गर्ने २ संघलाई, २ खेलाडी (महिला र पुरुष), २ प्रशिक्षक (महिला र पुरुष) तथा ६ खेलकुद पत्रकार (दैनिक,साप्ताहिक,टिभि,रेडियो,अनलाइन र फोटोपत्रकारबाट १÷१) लाई जनही २५ हजार रुपैयाँसहित सम्मान गरिने बताइएको छ । पुरस्कार दिने व्यक्तिको छनोटका लागि एनओसीले अलग अलग छनोट समिति बनाउने जनाएका छ ।
दोस्रो राष्ट्रिय खेलकुद कंग्रेस
एनओसीले अर्को महिना दोस्रो राष्ट्रिय खेलकुद कंग्रेस आयोजना गर्ने बताएको छ । खेलकुद क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने उद्देश्यका साथ पुस १ र २ गते कंग्रेस आयोजना गर्न लागिएको एनओसी महासचिव शेर्पाले बताए ।

December 6, 2025

सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायर वानमा

काठमाडौं (हाम्रो खेलकुद)- शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई हार चखाउँदै विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर वानमा प्रवेश गर्न सफल भएको छ। १ सय ४८ रनको लक्ष्य ११ ओभर ५ बलमा पुरा गर्दै रन रेटमा काठमाडौं गोर्खाजलाई पछि पारेर सानदार शैलीमा क्वालिफायर वानमा पुगेको हो। विराटनगरले सुदरलाई ४ विकेटको लज्जास्पद हार चखाउन विराटनगर सफल भयो। […]

December 6, 2025

विराटनगरलाई मध्यम चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.