4 years ago
March 9, 2022
नेपालगन्ज (हाम्रो खेलकुद)– प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिताको आठौं संस्करण अर्को महिना आयोजना हुने भएको छ ।
आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै यसपटकको प्रधानमन्त्री कप चैत १० देखि १४ गते सम्म नेपालगन्ज रंगशालास्थित कभर्ड हलमा हुने जनाएका छन् । कोभिडको तेस्रो लहरका कारण यसपटक विगतमा भन्दा केहि ढिला प्रतियोगिता आयोजना हुन लागेको बताइएको छ । पछिल्लो दुई वर्ष फागुनमा प्रतियोगिता आयोजना हुने गरेको थियो ।
अध्यक्ष ठकुरीले दक्षिण एसियाकै नम्बर एक क्लब च्याम्पियनसिपका रुपमा प्रधानमन्त्री कपलाई स्थापित गराउने लक्ष्य रहेको बताएका छन् । प्रतियोगितामा देशका चर्चित क्लबहरुसँग भारतका क्लबलाई पनि सहभागी गराउने प्रयास भइरहेको जनाएको छ ।
प्रतियोगिताको उपाधि एपिएफले सर्वाधिक तीन पटक जितेको छ । त्यस्तै नेपाल पुलिस क्लब र भारतको रेलवे इण्डियाले समान दुई पटक उपाधि जितेका छन् । पहिलो संस्करण पुलिस, दोस्रोमा एपिएफ, तेस्रो र चौथोमा रेलवे इण्डिया, पाँचौमा एपिएफ, छैठौमा पुलिस र सातौंमा पुनः एपिएफ च्याम्पियन बनेको थियो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]