4 years ago
March 12, 2022
चितवन (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब कर्पाकेली पुन युवा क्लब चितवनमा जारी लोक बहादुर पुन स्मृति कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता फाइनलमा पुगेका छन् ।

आइतबार पूर्वी चितवनको खैरहनीस्थित सिमलटाडीमा रहेको आयोजक कर्पाकेली पुन युवा क्लबको कोर्टमा भएको पहिलो सेमिफाइनलमा न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो । स्पाइकर प्रतिभा माली र बाल्मिका आचार्यले उच्च प्रदर्शन गर्दा न्यु डायमन्डले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २५-२२, २५-२२ र २५-१६ ले हराउँदै फाइनलमा स्थान पक्का गर्यो ।
दोस्रो सेमिफाइनमा पुलिसले नेपाल एपिएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्यो । पुलिसले २५-२३, २५-१६, २५-२२ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो । पहिलो सेटमा पुलिस १०-१८, र १४-२१ ले पछि परेको अवस्थाबाट उत्कृष्ट पूनरागमन गर्दै २५-२३ को जित हात पारेको थियो । स्पाइकर सरस्वती चौधरी बिनाको एपिएफको खेलमा तालमेल मिल्न सकेको थिएन ।

फाइनलमा आइतबार न्युडाइमन्ड र पुलिसबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो स्थानको लागि आर्मी र एपिएफ भिड्नेछन् । प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँसँगै ट्रफी मेडर र प्रमाणपत्र हात पार्नेछन्। दोस्रो हुनेले एक लाख रुपैयाँ तथा तेस्रो हुनेले ५० हजार रुपैया हात पार्नेछन्। सान्त्वना हुने टोलीले २५ हजार हात पार्नेछन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]