default_image

4 years ago

March 24, 2022

प्रधानमन्त्री कपमा पुलिस र आर्मी विजयी

237 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद)– आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्रीकप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिता बिहिवार नेपालगन्जमा सुरु भएको छ । नेपालगन्ज रंगशालास्थित कभर्डहलमा सञ्चालित प्रतियोगिताको पहिलो दिन नेपाल पुलिस क्लब र नेपाली सेनाको त्रिभुवनआर्मी क्लब विजयी भएका छन् ।

पहिलो खेलमा पुलिसले घरेलु टोली लुम्बिनी युनाइटेडलाई ३–० सेटले पराजित गरेको हो । पुलिस २५–१४, २५–१३ र २५–९ ले विजयी भएको थियो । पुलिसकी मनिषा चौधरी प्लेयर अफ द म्याच घोषित भइन् । लुम्बिनीका प्रशिक्षक अर्जुन घिमिरेले खेलाडीको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए ।

राष्ट्रिय टिमका खेलाडी समावेश पुलिसका अगाडि आफ्ना खेलाडी खुलेर खेलेका हुन्, उनले भने । पुलिसकी सहायक प्रशिक्षक कोपिला उप्रेतीले पुलिसले हिसाबले नेपालगन्ज आएको बताइन् । कोपिला पहिलो पटक प्रशिक्षकका रुपमा नेपालगन्ज आएकी हुन् । यसअघि पुलिस प्रधानमन्त्री कप च्याम्पियन बन्दा कोपिला पुलिसकी महत्वपुर्ण खेलाडी थिइन् ।

दोस्रो खेलमा आर्मीले न्यु डायमन्ड एकेडेमीलाई ३–१ सेटले हरायो । आर्मीले २५–१५, २७–२९,२५–१७ र २५–२२ ले हराउन सफलभयो । त्यसमा आर्मीकी साफिया पुन प्लेयर अफ द म्याच घोषित भइन् । फाइनल खेल झैं निकै प्रतिस्पर्धा भएको उक्त खेलमा नतिजामा आर्मीका प्रशिक्षक लोकेश बुढाले खुसी व्यक्त गरे । त्यस्तै डायमन्डका प्रशिक्षक कुमार राईले राम्रो गर्ने प्रयास गर्दा गर्दै पनि नतिजा गुमाउन परेको बताए ।

यसअघि युवातथा खेलकुदमन्त्री महेश्वर जंगगहतराजले पिएमकप आठौं संस्करणको उद्घाटन गरेका थिए । भलिबलकाअन्तर्राष्ट्रिय रेफ्रीगौतमप्रसाद लासिवालाई बल हस्तान्तरण गरेका थिए ।

उदघाटन मन्तव्य दिंदै मन्त्री अथकले पिएमकपलाई नेपाल सरकारको रातो किताबमा उच्च प्राथमिकताका साथ समावेश गर्ने बताए । मोफसलमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता बर्षेनी गर्नसक्नु निकै चुनौति भएकाले आगामी बर्षदेखि नेपाल सरकारले यसको अभिभावकत्व लिने उनले बताए ।

‘यसको स्वामित्वलिन सरकार तयार छ ’ उनले भने–‘ सिमावर्ती सहरमा भारतीय टिमलाई समेत आमन्त्रण गरेर खेलाडीको आवास तथा भोजन पाँचतारे होटलमा गरी खेलाडीको हौसला बढाइ दिए भएकोमा आयोजकलाई धन्यवाद दिन्छु ।’

खेलाडीको आवास तथाभोजनमा कोहलपुरस्थितपाँचतारे होटल सेन्ट्रल प्लाजाले हस्पिटालिटी पार्टनरका रुपमा सघाएको छ । त्यसैगरी अन्तर्राष्ट्रिय पोशाक ब्रान्ड युक्यान किट पार्टनर तथामहिला सशक्तीकरणका बिषयमा ऐक्यवद्धता जनाउँदै युएनडिपीले थिम पार्टनर भएर सहकार्य गरेको छ । नेपाली सेनाको भैरवप्रसाद गणले व्यवस्थापनमा सघाएको छ ।

लिगकम नकआउट प्रणालीमा खेलाइएको प्रतियोगिताको दोस्रो दिन पहिलो खेल पुलिस र हरियाणा स्पोर्ट्स क्लब(भारत) तथा दोस्रो खेल न्यु डायमन्ड एकेडेमी र एकलव्य खेलकुद परिसर(छत्तीसगढ भारत) बीच हुनेछ। घरेलु भलिबलको सर्वाधिक धनराशीको पुरस्कार रहेको प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रधानमन्त्रीकपको पहिलो संस्करणमा पुलिस क्लब, दोस्रोमा एपिएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौंमा एपिएफ, छैटौंमा पुलिस र सातौंमा एएिफ च्याम्पियन बनेका थिए । एपिएफ यसपटक सहभागी छैन ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 19, 2025

एनओसीबाट १४ खेलाडीलाई छात्रवृत्ति प्रदान

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एल‌ए ओलम्पिक‌का लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एल‌ए ओलम्पिक‌सम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]

Success

Thank you for your time.