default_image

2 years ago

March 26, 2022

हरियाणा र न्यु डायमन्डको जित

नेपालगन्ज (हाम्रो खेलकुद)– आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको दोस्रो दिन शुक्रबार भारतीय टिम हरियाणा स्पोर्ट्स क्लब र न्यु डायमन्ड एकेडेमीले जित हासिल गरेका छन् । नेपालगन्ज रंगशालास्थित कभर्डहलमा हरियाणाले नेपाल पुलिस क्लबलाई ३–२ सेटले पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा हरियाणाले १७–२५, १९–२५, २५–१८, २५–१६ र १५–१३ ले हराएको […]

134 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद)– आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको दोस्रो दिन शुक्रबार भारतीय टिम हरियाणा स्पोर्ट्स क्लब र न्यु डायमन्ड एकेडेमीले जित हासिल गरेका छन् ।

नेपालगन्ज रंगशालास्थित कभर्डहलमा हरियाणाले नेपाल पुलिस क्लबलाई ३–२ सेटले पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा हरियाणाले १७–२५, १९–२५, २५–१८, २५–१६ र १५–१३ ले हराएको थियो । पुलिसकी कोपिला राना प्लेयर अफ द म्याच घोषित भइन् । उनलाई एन्फाका पुर्व मानार्थ उपाध्यक्ष गोवद्र्धनसिंह सम्झना, क्षेत्रीय खेलकुद कार्यालय प्रमुख महेश शाह, बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले पुरस्कृत गरे ।

पहिले लगातार दुई सेट गुमाएको हरियाणाले तेस्रो सेटदेखि लय समात्न सफल भयो । रेलवे टिमका खेलाडी सम्मिलित हरियाणाले पुलिस विरुद्ध जित निकाल्न निकै मेहनत गरेको थियो । खेलपछि हरियाणाका प्रशिक्षक सुरेन्द्र सिंहले च्याम्पियन बन्ने उद्देश्यका साथ नेपालगन्ज आएको बताए । सुरुमा तालमेल मिल्न गारो भएपनि तेस्रो सेटदेखि खेलाडीहरु ऋाफ्नो लयमा फर्कन सफल भएको उनले बताए । पुलिसका प्रशिक्षक रुपेश बिष्टले खेलाडीको प्रदर्शनमा आफु सन्तुष्ट रहेको बताए ।

त्यसैगरी दोस्रो खेलमा न्यु डायमन्ड एकेडेमीले भारतीय टिम एकलब्य स्पोर्ट् कम्प्लेक्स(छत्तीसगढ)लाई ३–० सेटले पराजित गरेको हो । पुलिसले २५–१२, २५–८, र २५–५ ले पराजित गरेको हो । न्यु डायमन्ड एकेडेमीकी रीमा कुवँर प्लेयर अफ द म्याच घोषित भइन् । उनलाई पूर्व खेलाडी निरक गुरुङ, इसाका अध्यक्ष डिबी तामाङ र पत्रकार महासंघ उपाध्यक्ष करुणा शाहले पुरस्कृत गरे ।

लिग कम नकआउट प्रणालीमा खेलाइएको प्रतियोगिताको तेस्रो दिन शनिबार लिग चरणको अन्तिम खेल लुम्बिनी युनाइडेड विरुद्ध हरियाणा स्पोटर््स क्लब तथा त्रिभुवन आर्मी क्लब विरुद्ध एकलब्य स्पोटर््स कम्प्लेक्सले खेल्नेछ । नेपाली भलिबलको सर्वाधिक धनराशीको पुरस्कार रहेको प्रतियोगिताको विजेताले ५ लाख, दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेका थिए । एपीएफ प्रतियोगितामा अनुपस्थित छ ।

April 29, 2024

ओलम्पियनको पुनर्मिलन गराउँदै कोशी प्रदेश खेलकुद

हिमाल खरेल,बिर्तामेड कोशी प्रदेशका विभिन्न सहरमा हुने चार दिने ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेटको तयारी पूरा भएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजना तथा नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा हुने कार्यक्रमको सम्पूर्ण तयारी भएको बोर्डका सदस्यसचिव हंशराज वाग्लेले जानकारी दिए । वैशाख १९ गते मोरङको सुन्दरहरैंचा नगरपालिकाबाट सुरु हुने कार्यक्रम इटहरी, बिर्तामोड […]

April 29, 2024

हैदराबादविरुद्ध चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो । चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक […]

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

Success

Thank you for your time.