4 years ago
April 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – छैटौ आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग-२०७८ अर्को महिना हुने भएको छ । नेपाल भलिबल संघले प्रतियोगिता आगमी वैशाख १८ देखि २४ गतेसम्म राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा संचालन हुने जनाएको छ ।

प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब ,हेल्प नेपाल क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्टस क्लब, ढोरपाटन स्पोर्टस क्लब गरि कुल ७ टोलीको सहभागीता रहनेछ ।
महिलातर्फ होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लबको सहभागीता रहनेछ । पाँचौं संस्करणमा १२ लाख रुपैयाँ प्रदान गरेको थियो । पुरुषतर्फको ७ टोली र महिलातर्फको ५ टोली क्लब च्याम्पियनसिपबाट छनोट भएको हो ।
संघका महासचिव जितेन्द्र बहादुर चन्दका अनुसार हरेक टोलीले तीन विदेशी खेलाडी राख्न पाउनेछन् । प्रतियोगिता उपाधिमा संघले दोब्बर बृद्धि गरेको जनाएको छ । विजेताले ६ लाख, उप विजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौथो हुने टोलीले ७५ हजार प्राप्त गर्नेछन् ।
उत्कृष्ट विधातर्फ सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ३५ हजार पाउनेछन् । उत्कष्ट सेटर, ब्लकर सर्भर, स्पाईकर, लिवेरो, प्रशिक्षकले जनही १५ हजार प्राप्त गर्नेछन् ।
उपत्यका बाहिरबाट लिगमा छनौट भएका क्लवहरुलाई प्रोत्साहन एवं यातयात खर्च स्वरुप ७० हजार संघले प्रदान गर्नेछ । प्रतियोगिता अनुमानित खर्च ५५ लाख लाग्ने संघले जनाएको छ । मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंकले निरन्तरता पाएको छ ।
मंगलबार एक कार्यक्रमकाबीच राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरण कुमार श्रेष्ठ र नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्माले हस्ताक्षर गर्दै आदानप्रदान गर्दै मुख्य प्रायोजकमा निरन्तरता गरे ।
सम्झौता अनुसार बाणिज्य बैंकबाट संघलाई १८ लाख रुपैयाँ प्रायोजन गर्नेछ । जुन पाँचौं संस्करण भन्दा ६ लाख रकम बृद्धि भएको हो । पाँचौं संस्करणमा १२ लाख रुपैयाँ प्रदान गरेको थियो ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]