4 years ago
April 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघकी केन्द्रिय सदस्य सुश्री ज्योति केसीले अक्षय कोष सँगै उदियमान खेलाडीका लागि पुरस्कार स्थापना गरेकी छिन् ।

गत वर्ष बंगलादेशमा सम्पन्न सेन्ट्रल जोनमा नेपाली महिला भलिबल टोली च्याम्पियन बन्दा ज्योति केसी व्यवस्थापक थिइन् । विजेता टोलीलाई सरकारले प्रदान गरेको २ लाख रुपैयाँमा आफ्नो व्यक्तिगत १ लाख रुपैयाँ थप गरि केसीले अक्षयकोष स्थापना गरेकी हुन् । हाललाई तीन लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । अक्षयकोषमा संस्थापक केसीसँगै सदस्यहरु देवराज राई र सुनिल राई रहेका छन् ।
अक्षयकोषबाट प्राप्त ब्याजबाट हरेक वर्ष नेपाल भलिबल संघद्वारा आयोजना गरिने एनभीए लिग पुरुष तथा महिला भलिवल खेलका उदीयमान पुरुष तथा महिला खेलाडीलाई जनही दश हजार रुपैया पुरस्कार प्रदान गरिने छ । आउने दिनमा यस अक्षयकोषलाई भविष्यमा थप वृद्धि गर्दै लगिने केसीले जनाएकी छिन् ।
यस अक्षयकोषबाट प्रदान गरिने पुरस्कारको नाम “ज्योति केसी नव प्रतिभा पुरस्कार” रहेको छ । यस अतिरिक्त अक्षय कोषबाट भलिबल खेलाडीहरुलाई आवश्यकता परेमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पनि आर्थिक सहयोग गरिने उनले जानकारी दिइन् । भलिबलबाहेक अन्य सामाजिक क्षेत्रमा पनि केसी सक्रिय रहँदै आएकी छिन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]