default_image

3 years ago

May 1, 2022

जिम्बावे ए विरुद्ध नेपालको मध्यम सुरुवात

104 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले जिम्बावे ए सँगको पहिलो टि२० खेलमा पहिलो पावर प्लेमा मध्यम सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले सुरुवाती ६ ओभरमा १ विकेट गुमाउँदै ४९ रन बनाएको छ ।

नेपालका ओपनर कुशल भुर्तेलले १९ बलमा ६ चौकासहित ३४ रनमा अविजित छन् । रोहित पौडेल २ रनमा अविजित छन् । जिम्बावेका तीव्र गतिको बलिङ आक्रामण सामु संघर्ष गरेको नेपालले मध्यम सुरुवात गरेको छ ।

तीव्र गतिका बलर ल्युक जाेंगवेले पाँचौं ओभरको दोस्रो बलमा आसिफ शेखलाई ९ रनमा क्याच गराए । आसिफ तेस्रो बलमा टप एज लागेर विकेटकिपर क्यालेव मडान्डेबाट क्याच भए । १६ बल खेलेका आसिफले १ चौका प्रहार गरे ।

नेपालको प्लेइङ ११ :

सन्दीप लामिछान (कप्तान), आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अभिनाश बोहरा, बसिर अहमद ।

December 12, 2024

सूर्य नेपाल काठमाडौं ओपन – तेश्रो दिन निरज शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता निरज तामाङले ४-अन्डर ६४ को उत्कृष्ट स्कोर निकाल्दै सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन बिहीवार शीर्षस्थानमा उक्लिएका छन्। निरजले समग्रमा १०-अन्डर १९४ सहित एमेच्योर सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पारेका छन।‌ अन्तिम १८ होलको खेल बाँकी छँदा प्रो निरज र एमेच्योर सदभावबीच कडा प्रतिस्पर्धा हुने संभावना रहेको छ।‌ रोयल नेपाल […]

December 12, 2024

गण्डकी बाहिरियो, सेमिफाइनल समीकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको क्यालिकट हिरोजसँग बिहीवार सोझो सेटको हार बेहोर्दै नेपालको गण्डकी प्रदेश भलिबल संघ काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको समूह चरणबाट बाहिरएको छ। गण्डकी बाहिरिएसँगै सेमिफाइनल समिकरण पूरा भएको छ। लिगको शीर्ष स्थानमा रहेको इरान यु १९ ले तेस्रो स्थानको क्यालिकटसँग तथा दोस्रो स्थानको नेपालको टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले चौथो स्थानको माल्दिभ्सको […]

December 12, 2024

काभा क्लब च्याम्पियन्सिप – लिगमा इरान यु १८ शीर्षस्थान

काठमाडौं (हाम्रो खेलकुद)- नेपालको टिप टप हेल्प नेपाल स्पोर्टस क्लबलाई ३-१ ले हराएपछि सेमिफाइनल पुगिसकेको इरान यु-१८ टोली तालिकाको शीर्षस्थानमा रहेको छ। एक खेल अगाडि नै इरान यु १८ र हेल्प नेपाल सेमिफाइनलमा पुगिसकेका थिए । यसअघि लगातार तीन खेल जितेको हेल्प नेपालले दोस्रो रोजाईका खेलाडीलाई मौका दिएको थियो। पहिलो सेटमा केहि प्रतिस्पर्धात्मक रह्यो । […]

Success

Thank you for your time.