default_image

3 years ago

May 2, 2022

बोम्जनको सम्झनामा मञ्चको कार्यक्रम

120 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– विनाशकारी भूकम्पमा परि ज्यान गुमाएका खेलकुद पत्रकार सुमन बम्जनको सातौं पून्यतिथीमा नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार कार्यक्रम आयोजना गरेको छ ।

मकवानपुर निवासी बम्जनको २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परि ज्यान गएको थियो । भूकम्पमा ज्यान गुमाएका बोम्जनको शव वैशाख १९ गते भेट्टिएको थियो । त्यसता वैशाख १९ मा मञ्चले कार्यक्रम आयोजना गर्दै आएको छ । मञ्चले हरेक वर्ष सुमन बम्जन युवा पत्रकारिता पुरस्कार पनि प्रदान गर्दै आएको छ ।

मञ्चका सदस्यमध्येबाट हरेक वर्ष एक जना पुरस्कृत हुने गरेका छन् । पुरस्कारका लागि मञ्चले १० लाख रुपैयाँ मुद्दतीमा राखेको र त्यसको ब्याजबाट प्राप्त हुने रकमको ५० प्रतिशत पुरस्कार राशी दिइने मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) ले जानकारी दिए ।

हैटौडाबाट राजधानी आए गोरखा पत्र संस्थानमा खेलकुद व्यूरोमा कार्यरत रहेका उनी नेपाल खेलकुद पत्रकार मञ्चको मकवानपुर समन्वय शाखाको संस्थापक अध्यक्ष हुन् ।

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

लारा भोलि नेपाल आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिजका महान पूर्व क्रिकेटर ब्रायन लारा शुक्रवार नेपाल‌ आइपुग्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले लारा शुक्रवार बिहान ८ः२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने बिहीवार प्रेस विज्ञप्ति मार्फत जनाएको छ । क्यानका अनुसार लारा जारी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी हुन नेपाल आउन लागेका हुन् । एनपिएल कै […]

December 12, 2024

यू १९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा शनिवार सुरु हुने एसिसी यु १९ महिला एसिया कपका लागि नेपाली युवा टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले बिहीवार पुजा महतोको कप्तानीमा रहेको नेपाली टोलीको बिदाइ गरेको हो । गत महिना यु १९ महिला विश्व कपमा नेपाललाई पहिलो पटक छनोट गराउँन सफल टोलीकी १ खेलाडी परिवर्तन हुँदा २ […]

Success

Thank you for your time.