4 years ago
May 6, 2022
काठमाडौं (हाम्रो खेलकुद)– चीनको हानझाउमा भदौ अन्तिममा सुरु हुने भनिएको १९ औं एसियाली खेलकुद (एसियाड) स्थगित भएको छ ।

भदौ २५ देखि असोज ९ गते सम्मका लागि तय भएको एसियाड कोभिड १९ महामारीका कारण स्थगित भएको बताइएको छ । एसियाड सन् २०२३ मा हुने बताइएको छ ।
ेपाल ओलम्पिक कमिटी (एनओसी) ले पनि शुक्रबार विज्ञप्ती जारी गर्दै चिनियाँ ओलम्पिक कमिटी, हानझाउ एसियन गेम्स आयोजक कमिटी, ओसिए को कार्यकारी बोर्डको संयुक्त छलफल पछि एसियाड रोक्ने निर्णय भएको जनाएको छ । तीनै निकायको संयुक्त छलफलपछि एसियाडको नयाँ मिति तय हुने बताइएको छ ।
नेपालमा पनि एसियाडका लागि खेलाडी छनोट सुरु भइसकेको थियो । आजैमात्र तेक्वान्दो खेलाडीको छनोट सुरु हुँदैछ । नेपालले भाग लिने २३ खेल मध्य टेबल टेनिस, कराते, एथलेटिक्स, जुडो, भारोत्तोलन लगायत खेलहरुको छनोट खेल सम्पन्न भइसकेका छन् ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]