9 years ago
December 13, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – लायन्स क्लव अफ दिङला भोजपुरद्वारा आयोजित ओल्ड दरबार लाइन्स क्लव सेन्टेनियल गल्फ प्रतियोगिता पौष ८ र ९ गते रोयल नेपाल गल्फ क्लबमा हुने भएको छ ।

स्टेबलफोर्ड थ्री बार्ड फो ह्याण्डोक्याप फरम्याटमा खेलाइने प्रतियोगितामा एक सय जना खेलाडीको सहभागिता रहनेछ । एक सय खेलाडीले विभिन्न ६ स्पर्धा (पुरुष, महिला, ग्रस, सिनियर, सुपर सिनियर र लायन्स)तर्फ प्रतिस्पर्धा गर्नेछन् । लायन्स क्लव अफ इन्टरनेशनलको शताब्दी वर्षको अवसरमा यो प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
लायन्ससँगै रोयल नेपाल गल्फ क्लवलके पनि स्थापनाको एक सयौं वर्ष मनाइरहेको छ । प्रतियोगिताको विजेतालाई नेपाल एयर लायन्सकोतर्फबाट बैंकक र मलेसियाको एयर टिकटसँगै ट्रफी तथा गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । यो प्रतियोगितालाई निरन्तरता दिइने लायन्स क्लव अफ दिङला भोजपुरका अध्यक्ष किशोर भट्टराईले बताए ।
पत्रकार सम्मेलनमा मलटिपल काउन्सीलका अध्यक्ष सुनिल भक्त श्रेष्ठ र डिस्ट्रिक गभर्नर कुमार राज सुवेदीले लायन्स क्लवको स्थापना र नेपालमा गरिएका सामाजिक कार्यको बारेमा जानकारी गराएका थिए ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]