9 years ago
December 22, 2016
काठमाडौं (हाम्रो खेलकुद)– व्यवसायिक गल्फर बलभद्र (मणी) राईको नेतृत्वमा रहेको टोलीले सूर्य नेपाल इस्टर्न ओपन प्रो–एम स्पर्धाको उपाधि जितेको छ । धरानको निर्भाना कन्ट्री क्लब हेल्थ एन्ड गल्फ रिसोर्ट स्थित पार ७० को कोर्षमा बिहीबार भएको प्रतिस्पर्धामा मणीसहित एमेच्योर गल्फर शेखर लिम्बु, बिएम सुनुवार र रोहीत आचार्यको टोलीले १ सय ५३ स्कोरका साथ उपाधि जितेको हो । मणीले ३७, शेखरले ४० र बिएम र रोहितले समान ३८ स्कोर गरेका थिए ।

अर्का व्यवसायिक गल्फर धनबहादुर थापा को नेतृत्वमा उत्तम राई, सुरेश श्रेष्ठ र ध्रुब थापा रहेको टोली १ सय ४७ स्कोरको साथ दोस्रो स्थान प्राप्त गर्यो । धनबहादुरले ३६ र बाँकी तीनै जनाले ३७ स्कोर गरेका थिए । बुधबार इस्टर्न ओपन ओपन उपाधि जितेका नम्बर एक व्यवसायिक गल्फर शिवराम श्रेष्ठसहित एमेच्योर सन्तोष कार्की, रितेश तामाङ र रुपेन्द्र गुरुङको टोली १ सय ४४ स्कोर गर्दै तेस्रो भयो । टोलीका सबैले समान ३६ स्कोर गरेका थिए ।
बेस्ट इन्डिभिज्युलको उपाधि पुरुषतर्फ शेखर र महिला तर्फ शुसिला राई (१५) ले प्राप्त गरे । दलबहादुर लामाले क्लोजेस्ट टु दि पिन र नेपाल गल्फ संघका महासचिव टासी घलेले लंगेस्ट ड्राइभ उपाधि जिते । स्टेबल फोर्ड फुल ह्यान्डिक्याप पद्धतीमा भएको प्रतियोगितामा १५ व्यवसायिकसहित ६० खेलाडीको सहभागिता रहेको थियो ।
व्यवसायिकतर्फ सबैभन्दा बढी स्कोर गर्ने र एमेच्योरतर्फका शीर्ष ३ खेलाडीहरुको स्कोर जोडेर विजेता टोलीको घोषणा गरिन्छ । त्यस्तै व्यवसायिकतर्फ दोस्रो स्कोर गर्ने तथा एभेच्योरतर्फका चौथो, पाँचौं र छैटौं खेलाडीको कुल स्कोरको आधारमा दोस्रो टोलीको तय हुन्छ । एभेच्योरतर्फ सातौं, आठौं र नवौं हुने खेलाडी र व्यवसायिकतर्फका तेस्रो खेलाडीको स्कोर जोडेर तेस्रो टोलीको घोषणा गरिन्छ । गल्फ संघका महासचिव घले, सुनसरी जिल्ला गल्फ संघका सचिव तिलक राई र सूर्य नेपाल प्रालीका असिस्टेन्ट ब्रान्ड मेनेजर सौरव भट्टराईले विजेता खेलाडीलाई पुरस्कृत गरे ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]