default_image

3 years ago

December 7, 2022

सूर्य नेपाल काठमाडौं ओपन – रवि लगातार दोस्रो दिन शीर्षस्थानमा 

341 views

0 Bookmark

काठमाडौं (हमोर खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपनमा रवि खड्काले आफ्नो अग्रता कायम राखेका छन् ।

दोस्रो दिन बुधबार ३६ होलको समाप्तीमा रविले भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि परेका छन् । दोस्रो दिन रवि र भुवन दुवैले जोडे । रवि समग्रमा १०-अन्डर १ सय २६ सहित शीर्षस्थानमा तथा भुवन ९-अन्डर १ सय २७ स्कोरसाथ दोस्रो स्थानमा छन्।

लगातार दोश्रो दिन १-अन्डर ६७ खेल्दै समग्रमा २-अन्डर १ सय ३४ स्कोरका साथ रमेश अधिकारी तेस्रो स्थानमा उक्लिएका छन्। शुक्र बहादुर राई, प्रदीप कुमार लामा र राजेन्द्र श्रेष्ठ प्रधान समग्रमा इभन-पार १ सय ३६ को स्कोरमा संयुक्तरुपमा चौथो स्थानमा छन् । उपाधिकै दावेदार मानिएका शुक्रले खराब प्रदर्शन गर्ने क्रममा ३-ओभर ७१ मा दोस्रो दिनको खेल सकाए । प्रदीप र राजेन्द्रले समान २-अन्डर ६६ को स्कोर कार्ड तयार पारे ।

समग्रमा १-ओभर १ सय ३७ सहित कृष्णमान राजवाहक सातौं तथा २-ओभर १ सय ३८ को नतिजामा सुर्य प्रसाद शर्मा र जयराम श्रेष्ठ संयुक्तरुपमा आठौं स्थानमा रहेका छन् ।

रोयल नेपाल गल्फ क्लबमा भएको प्रतियोगिताको दोस्रो दिन पनि रविले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिए । पहिलो, तेस्रो, चौथो र छैटौं होलमा बर्डी प्रहार गर्दा नवौं होलमा एक सट खेर फाले । उनले फ्रन्ट नाइन ३-अन्डर ३१ मा सकाए । यसपछि १४औं र १७औं होलमा एक-एक सट बचाएपनि १६औं होलको बोगीले ब्याक नाइन १-अन्डर ३३ मा पुरा गरे। 

भुवनले आज बोगीरहित राउण्ड खेले। उनले फ्रन्ट नाइन ३-अन्डर ३१ मा सकाउने क्रममा दोस्रो, चौथो र पाँचौ होलमा बर्डी प्रहार गरे। यसपछि १५औं होलको अर्को बर्डीले ब्याक नाइन १-अन्डर ३३ मा सकाए। 

तेस्रो स्थानमा उक्लिएका रमेश अधिकारीले १-अन्डर ६७ को नतिजा निकाल्ने क्रममा फ्रन्ट नाइन १- अन्डर ३३ मा पुरा गरे। उनले पहिलो, तेस्रो, चौथो र नवौ होलमा बर्डी प्रहार गर्दा सातौ होलमा बोगी र पाँचौ होलमा डबल बोगीको सामना गरे । ब्याक नाइन इभन-पार ३४ मा सकाए। ११औं र १३औं होलमा एक-एक सट बचाए भने १५औं र १७औं होलमा एक-एक सट खेर फाले। 

एमेच्योरतर्फ अजित विक समग्रमा ६-ओभर १ सय ४२ सहित शीर्षस्थानमा छन् । उनले आज ४-ओभर ७२ मा खेल सकाए। दोस्रो स्थानमा रहेका सुरेश तामाङ र तेश्रो स्थानका प्रज्जवल गुरुङ अजित भन्दा १७ स्ट्रोकले पछि छन् । 

३६ होलको खेल सकिदा १५-ओभर १५१ सम्म स्कोर बनाउने २१ प्रोफेसनल खेलाडीले कट बनाएका छन् । एमेच्योरतर्फ भने चार खेलाडीले कट बनाउदा कुल २५ खेलाडी अन्तिम दुई चरणको खेलको लागि छनौट भएका छन् । 

कुल ६ लाख ७० हजार पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख १६ हजार प्राप्त गर्नेछन्। उपबिजेता प्रो खेलाडीले ७४ हजार तथा तेश्रो हुनेले ६३ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट २१ भित्र पर्न सफल व्यावसायिक खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.