default_image

3 years ago

December 27, 2022

भलिबलको प्रसारण अधिकार हाम्रो खेलकुदलाई

374 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ (एनभिए) को आयोजनामा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको प्रसारण अधिकार हाम्रो खेलकुद डट कमले खरिद गरेको छ ।

संघले गत महिना खुला आवेदनमार्फत प्रसारण अधिकारका लागि प्रस्ताव पेश गर्न आव्हान गरेको थियो । जस अनुसार विभिन्न संचार माध्यमबाट प्रस्ताव आएकोमा हाम्रो खेलकुद डट कमको प्रस्तावलाई छनोट गरिएको संघका महसचिव रोशन श्रेष्ठले मंगलबार जानकारी दिए । संघको कार्यसमितिले प्रसारण अधिकारको निर्णय पारित गरेको श्रेष्ठले जानकारी दिए ।

‘हामीले प्राइभेट पब्लिक पार्टनरसिपबाट नै स्रोत जुटाउने हो । प्रसारण अधिकारका लागि खुला आव्हान गरिएकोमा हाम्रो खेलकुदको प्रस्तावमा संघले अघि बढ्ने निर्णय गरेको छ । यसले संघलाई आर्थिक रुपमा मात्र नभएर भलिबल विकासका लागि नै सहयोग पुग्ने विश्वास राखेका छौं,’ श्रेष्ठले भने ।

हाम्रो खेलकुद डट कमका सम्पादक प्रकाश तिमल्सिनाले राष्ट्रिय खेल भलिबलसँग अधिकारिक रुपमा नै दिर्घकालिन सम्झौता गर्न पाउँदा खुसी व्यक्त गरे । ‘हाम्रो खेलकुद र भलिबल पर्याय जस्तै बनिसकेका छौं । सन् २०१९ मा एभिसी सेन्ट्रल जोनको प्रत्यक्ष प्रसारण गरेपछि सुरु भएको हाम्रो यात्रा यसपटक दिर्घकालिन योजनाका साथ जोडिएको छ । यसबीचमा देशको कुना काप्चा पुगेर हामीले भलिबल र दर्शकलाई जोड्न सक्यौं,’ तिमल्सिनाले भने ।

तिमल्सिनाले भलिबललाई व्यावसायिक बनाउन मिडियाको भूमिका पनि अग्रणी रहने र त्यसमा आफ्नो तर्फबाट कुनै कसर नछोड्ने बताए । ‘हामीले विदेशमा प्रसारण अधिकार नै खेल आयोजनाको आय स्रोतमा प्रमुख आधार बनेको देखेका छौं । हाम्रो लक्ष्य पनि त्यसलाई नेपाल भित्र्याउने हो । सबै क्षेत्रबाट आ-आफ्नो प्रयास गर्ने हो भने आमुल परिवर्तन आउन सक्छ,’ उनले थपे, ‘संघको नयाँ कार्यसमिति उर्जाशील छ र हामीले पनि आफ्नो पक्षबाट नयाँ प्रयास गरेका छौं । यसमा आम दर्शकबाट पनि सहयोगको अपेक्षा राखेका छौं ।’

हाम्रो खेलकुदले २०८० सालसम्म नेपाल भलिबल संघ (एनभिए) ले आयोजना गर्ने प्रतियोगिताको लागि सम्झौता गरेको हो । सम्झौता पत्रमा हाम्रो खेलकुदको अभिभावक संस्था सुदीप मिडिया एन्ड इभेन्ट्स प्रालिका तर्फबाट सम्पादक प्रकाश तिमल्सिना तथा संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले गत साता हस्ताक्षर गरेका थिए ।

प्रत्यक्ष प्रसारणको सुरुवात यसै महिना हुने सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपबाट हुनेछ । संघले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप पुस २४ बाट माघ १ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने जानकारी गराएको हो ।

च्याम्पियनसिपमा हालसम्म पुरुषतर्फ १५ र महिलामा ८ टोलीको सहभागिता पक्का भइसकेको संघले जनाएको छ । पुस १९ गतेसम्म टिम दर्ताको समयसीमा रहेकाले टिम बढ्न सक्ने संघले जनाएको छ ।

पुरुषतर्फ त्रिभुवन आर्मी क्लब नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, टिपटप हेल्प नेपाल स्पोर्टस क्लब, नयाँ बजार सामाजिक युवा क्लब, दावाली मिलन क्लब, गल्कोट स्पोर्टस क्लब बाग्लुङ, मणिमुकुन्द भलिबल क्लब बुटबल, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर, बागमती प्रदेश, बुढानिलकण्ठ भलिबल क्लब, गण्डकी प्रदेश, सैलुङ बाघढुंगा स्पोर्ट्स क्लब रामेछाप र सुदूरपश्चिम प्रदेश गरि १५ टोलीको सहभागिता पक्का भइसकेको छ ।

त्यस्तै महिलातर्फ एपिएफ क्लब, पुलिस, आर्मी, न्यु डायमण्ड युथ स्पोर्टस क्लब, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर, गण्डकी प्रदेश, ढोरपाटन स्पोर्टस क्लब र एभरेष्ट भलिबल क्लब बुटवल गरी ८ टिमहरुको सहभागीता रहने छ । महिला र पुरुष दुवै तर्फ पुष १९ गतेसम्म टोली दर्ता गर्न पाइने संघले जनाएको छ ।

यस च्याम्पियसिपबाट पुरुषतर्फ शीर्ष आठ र महिलातर्फ शीर्ष ६ टोलीले सातौं आरबीबी एनभिए लिगमा प्रवेश पाउनेछ ।लिगकम नकआउटको आधारमा हुने च्याम्पियनसिपको सबै खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा हुनेछ ।

च्याम्पियनसिपको पुरुष र महिला दुवै तर्फको च्याम्पियनले समान ४ लाख रुपैया र शिल्ड हात पार्नेछ । दोस्रो हुनेले २ लाख र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडीले २५ हजार र हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैया प्राप्त गर्नेछन् ।

क्लब च्याम्पियनसिपको अनुमानित बजेट झण्डै ४६ लाख रुपैया रहेको संघले जनाएको छ । यसमा मुख्य प्रायोजक नेपाल सुपर लिग (एनएसएल) को आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले मुख्य प्रायोजनबापत ३० लाख रुपैया प्रदान गर्ने र बाँकी रकम विभिन्न प्रायोजबाट परिपुर्ति गरिने संघले जनाएको छ ।

यस्तै संघले हाम्रो खेलकुद डटकमसँग १ वर्षको लागि मिडिया राइट्स लिएको जनाएको छ । यससँगै हाम्रो खेलकुद डटकमले संघले १ वर्षभरि गर्ने विभिन्न प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेछ ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.