default_image

3 years ago

December 29, 2022

शुक्रलाई कीर्तिमानसहित सुर्य नेपाल इस्टर्न ओपनको उपाधि 

210 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सुर्य नेपाल इस्टर्न ओपनको उपाधि नेपाल नम्बर एक शुक्र बहादुर राईले १७-अन्डर १ सय ९३ को कोर्स रेकर्ड सहित उपाधि जित्न सफल भएका छन् ।

शुक्रले बलभद्र राईले सन् २०२० मा बनाएको ९-अन्डर २ सय १ को  रेकर्ड तोड्दै घरेलु कोर्षमा उपाधि जितेका हुन् । नयाँ रेकर्ड बनाउने क्रममा उनले लगातार दोस्रो दिन बोगी रहित खेले । पार-७० को धरान गल्फ क्लबको कोर्समा अन्तिम दिन ७-अन्डर ६३ को उत्कृष्ट स्कोर कार्ड बनाउदै १७-अन्डर १ सय ९३ को नतिजामा धरानकै निरज तामाङलाई आठ स्ट्रोकले हराउँदै उपाधि माथि कब्जा जमाए । उनले नगद १ लाख ४० हजार प्राप्त गरे।

तेस्रो दिन ३-अन्डर ६७ मा खेल सकाउदै समग्रमा ९-अन्डर २ सय १ सहित निरजले दोस्रो स्थान प्राप्त गरे। उनले नब्बे हजार प्राप्त गरेका छन्। २-अन्डर ६८ मा अन्तिम दिनको खेल सकाएका भुवन नगरकोटीले समग्रमा ५-अन्डर २ सय ५ सहित तेस्रो स्थानमा‌ चित बुझाए। उनले ६७ हजार नगद पुरस्कार प्राप्त गरे। 

इभन-पार ७० को स्कोरमा समग्रमा ४-अन्डर २ सय ६ स्कोर सहित सञ्जय लामा चौथो भए। चौथो भएका सञ्जयले ५५ हजार हात पारे। १-अन्डरमा खेल सकाउदै कुल १-ओभर २ सय ११ सहित रामे मगरले पाँचौ हुदै ४७ हजार प्राप्त गरे। समग्रमा २-ओभर २ सय १२ को नतिजामा धन बहादुर थापा र जयराम श्रेष्ठले संयुक्तरुपमा छैटौ स्थानमा खेल सकाए। उनीहरूले ३८ हजार ७ सय ५० नगद पुरस्कार प्राप्त गरे ।

आठौं भएका दिनेश प्रजापतिले अन्तिम दिन इभन-पार ७० खेल्दै समग्रमा ३-ओभर २ सय १३ मा खेल सकाए र ३४ हजार हात पारे । स्थानीय गल्फर बलभद्र राईले कुल ५-ओभर २ सय १५ सहित नवौ स्थानमा रहे। उनले ३२ हजार प्राप्त गरे । यसैगरी ७-ओभर २ सय १७ सहित सुर्य प्रसाद शर्मा दशौ भए । उनले अन्तिम दिन ४-ओभर ७४ मा खेल‌ सकाए।

एमेच्योरतर्फ २-ओभर ७२ मा अन्तिम दिनको खेल‌ सकाएका  राजकुमार राई समग्रमा इभन-पार २ सय १० स्कोर सहित उपाधि जित्न सफल भए। उनले युवराज भुजेललाई ३ स्ट्रोकले हराए । युवराजले अन्तिम दिन १-अन्डर ६९ सहित ३-ओभर २ सय १३ मा खेल पुरा गरे। कुल १०-ओभर २ सय २० अंक सहित सुन्दर राई तेस्रो भए ।

उत्कृष्ट फर्ममा रहेका शुक्र सँग अन्तिम १८ होलको खेल सुरू गर्दा चार स्ट्रोकको अग्रता थियो । अन्तिम दिन दबाब बिना खेलेका उनले फ्रन्ट नाइन ३-अन्डर ३३ मा र ब्याक नाइन ४-अन्डर ३० मा सकाए । उनले तेस्रो, सातौ र नवौ होलमा बर्डी प्रहार गरे। उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिदै ब्याक नाइनमा चार सट बचाए । १०औं, १५औं,१६औं र १८ औं होलमा बर्डीको सफलता प्राप्त गरे ।

निरजले पहिलो होलमा बोगी खेपे पनि तेस्रो, पाँचौ, छैटौ र नवौ होलमा एक एक सट बचाउदै फ्रन्ट नाइन ३-अन्डर ३३‌ मा पुरा गरे । यसपछि १५औं र १८औं होलमा बोगीको सामना गरे भने ११औं र १५औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन इभन-पार ३४ मा पुरा गरे ।

भुवनले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाउने क्रममा पहिलो होलमा बोगी खेपे पनि पाँचौ होलमा इगल र छैटौ होलमा  बर्डीको सफलता प्राप्त गरे । यसपछि १०औं र १२औं होलमा बोगी प्रहार गरे भने १५औं र १६ औं होलमा एक एक सट बचाएर ब्याक नाइन इभन-पार ३४ मा सकाए । 

विजयी खेलाडीहरुलाई सुर्य नेपाल प्राईभेट लिमिटेडका ब्रान्ड म्यानेजर विदुर राज अधिकारी, रिजनल म्यानेजर दामोदर शर्मा, धरान गल्फ संघका सचिव भरत तामाङ र कार्यकारी सदस्य जगमोहन राईले पुरस्कार वितरण गरे । 

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सुर्य नेपाल प्राईभेट लिमिटेडको प्रायोजनमा जारी ५४ होलको प्रतियोगितामा २९ प्रोफेसनल र  ११ एमेच्योर खेलाडीले सहभागिता रहेको थियो । प्रतियोगितामा कुल आठ लाख  पुरस्कार राशी रहेको थियो । जहाँ उत्कृष्ट २१ भित्र पर्न सफल प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गरे।‌ प्रतियोगिता अन्तर्गत शुक्रवार प्रो-एम खेल हुनेछ ।

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.