default_image

1 year ago

January 2, 2023

चेल्सी बराबरीमा रोकियो

एजेन्सी – सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिगमा बराबरीमा रोकिएको छ । चेल्सी रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली नटिङहम फरेस्टसँग १–१ गोलको बराबरीमा रोकिएको हो । चेल्सीका रहिम स्टर्लिङले गोल गर्दा नटिङहमका सर्ज औरिएरले बराबरी गोल फर्काए । दि सिटी ग्राउन्ड नटिङहममा आइतबार राति भएको खेलको १६औं मिनेटमा […]

138 views

0 Bookmark

एजेन्सी – सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिगमा बराबरीमा रोकिएको छ ।

चेल्सी रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली नटिङहम फरेस्टसँग १–१ गोलको बराबरीमा रोकिएको हो । चेल्सीका रहिम स्टर्लिङले गोल गर्दा नटिङहमका सर्ज औरिएरले बराबरी गोल फर्काए ।

दि सिटी ग्राउन्ड नटिङहममा आइतबार राति भएको खेलको १६औं मिनेटमा स्टर्लिङको गोलबाट चेल्सीले सुरुवाती अग्रता लिएको थियो । क्रिस्टियन पुलिसिसचको क्रसलाई नटिङहमका विली बोलीले गरेको फ्लिक आफ्नै पोस्टमा लागेर फर्कदा रिवाउन्डमा स्टर्लिङले ६ यार्ड बक्सबाट सहजै गोल गर्न सफल भएका थिए ।

तर, त्यसपछि चेल्सीले त्यो अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन । ६३औं मिनेटमा सर्ज औरिएरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले विली बोलीको पासमा गोल गर्न सफल भएका थिए । बराबरी गोलपछि चेल्सीले बल पोसेसन राखेपनि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।

यस बराबरीपछि सातौं स्थानमा उक्लने मौका गुमाएको चेल्सी १६ खेलबाट २५ अंक जोडेर आठौं स्थानमा रहेको छ । पराजित नटिङहम १४ अंक जोडेर १८औं स्थानमा छ ।

April 27, 2024

बर्नलीसँग म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – रेलिगेसन जोनमा रहेको बर्नली विरुद्ध बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले पाँचौं स्थानमा रहेको टोटेनहम हटस्पर सँग अंकदूरी घटाउने मौका गुमाएको छ । इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेलमा युनाइटेड र बर्नलीले १-१ को बराबरी खेलेका हुन् । दोस्रो हाफमा नै लिएको अग्रता अन्त्यसम्म बचाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो । ७९औं मिनेटमा डिफेन्समा भएको […]

April 27, 2024

महालक्ष्मीसँग आयोजक गोदावरी ‘ए’को हार

ललितपुर– गोदावरी नगरपालिकामा प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा उद्घाटन खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकाले आयोजक गोदावरी नगरपालिकाको ए टोलीलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा […]

April 27, 2024

सुदूरपश्चिमको जितमा यशोदाको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद) – यशोदा चिरालको ह्याट्रिकमा सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा शनिबार बागमती प्रदेशलाई एकपक्षीय खेलमा ६–० ले हराएको छ। छनोटमा सुदूरपश्चिमको यो तेस्रो जित हो । बागमतीको भने यो लगातार चौथो हार हो। सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा सुदूरपश्चिमले आधा दर्जन गोल गर्ने क्रममा यशोदाले २६ औं मिनेटमा गोलको खाता खोलिन् । २९औं मिनेटमा […]

Success

Thank you for your time.