2 years ago
April 27, 2024
एजेन्सी – रेलिगेसन जोनमा रहेको बर्नली विरुद्ध बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले पाँचौं स्थानमा रहेको टोटेनहम हटस्पर सँग अंकदूरी घटाउने मौका गुमाएको छ ।
इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेलमा युनाइटेड र बर्नलीले १-१ को बराबरी खेलेका हुन् । दोस्रो हाफमा नै लिएको अग्रता अन्त्यसम्म बचाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो ।
७९औं मिनेटमा डिफेन्समा भएको गल्ती सँगै बर्नलीले गोल खान पुगेको थियो । एन्टोनीले बर्नलीको हाफमा बल लिएर आफैले गएर गोल गर्दै खेलमा अग्रता दिलाएका थिए ।
तर ८७औं मिनेटमा युनाइटेडले पेनाल्टी मार्फत गोल खान पुग्यो । गोलरक्षक आन्द्रे ओनानाले गरेको फाउलका कारण पाएको पेनाल्टीमा बर्नलीका जेकी आमडुनीले गोल गर्दै खेलमा बराबरी गरे ।
बराबरीपछि छैठौं स्थानमा नै रहेको युनाइटेडको ३४ खेलमा ५४ अंक छ । बर्नली भने ३५ खेलमा २४ अंक सहित १९औं स्थानमा छ ।
यस्तै सोही समयमा भएका खेलमा न्यूक्यासल युनाइटेड र वल्भस विजयी भएका छन् । फूलह्याम र क्रिस्टल प्यालेसले १–१ बराबरी खेलेका छन् । दिनको पहिलो खेलमा लिभरपुल र वेस्ट ह्यामले २–२ बराबरी खेले । न्युक्यासलले सेफिल्ड युनाइेडलाई ५–१ ले, वल्भसले लुटन टाउनलाई २–१ ले हराएको थियो ।
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]
December 4, 2025
एजेन्सी – रियल माड्रिडले एथ्लेटिक बिल्बाओलाई ३- ० ले हराउँदै ला लिगामा शीर्षस्थान टोली बार्सिलोनासँगको अंक दूरीलाई कम गरेको छ। सन मामेसमा बुधवार भएको खेलमा रियललाई जित दिलाउन किलियन एम्बाप्पेको भूमिका महत्वपूर्ण रह्यो । उनले २ गोल र एक असिस्ट गरे। खेल सुरु भएको सात मिनेटमा ट्रेन्ट एलेक्जान्डर आर्नोल्डको पासबाट एम्बाप्पेले पहिलो गोल गरे। यो […]