default_image

3 years ago

January 24, 2023

शुक्र क्वाटरफाइनलमा, संजय पहिलो चरणबाटै बाहिरीए

219 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष वरीयताका शुक्रबहादुर राईले सहज जितका साथ सुर्य नेपाल गल्फ टुर अन्तर्गत २०२२-२३ सिजनको तेस्रो प्रतियोगिता सुर्य नेपाल एनपीजीए म्याच प्लेको क्वाटर-फाइनल स्थान पक्का गरेका छन् ।

रोयल नेपाल गल्फ क्लबमा शुक्रसँगै शीर्ष ८ वरीयताका अधिकांश खेलाडी क्वाटरफाइनलमा छनोट भए । पाँचौ वरीयताका संजय लामा पहिलो खेलमा पराजित हुँदै बाहिरिए ।

शुक्रले २०औं वरियताका टंक बहादुर कार्कीलाई सहजै हराए । १३ औं दक्षिण एसियाली खेलकुदको टिम इभेन्टमा स्वर्ण जित्दाका सहकर्मी टंक ५/४ ले पराजित भए । शुक्रले क्वाटरफाइनलमा १०औं वरियताका भुवन कुमार रोक्काको सामना गर्नेछन् । भुवनले नवौं वरियताका रामे मगरलाई २/१ ले हराए ।

दोस्रो वरियताका भुवन नगरकोटीले भने १९औं वरियताका सञ्जोक मोक्तानलाई २/१ ले हराए । उनले अब आठौं वरियताका धन बहादुर थापासँग खेल्नेछन् । धनले पहिलो चरणमा ११औं वरियताका धरानका बलभद्र राई (मणि) लाई ३/२ ले पछि पारे ।

यसैगरी तेस्रो वरियताका जयराम श्रेष्ठले क्वाटर-फाइनलमा पुग्ने क्रममा १७औं वरियताका कृष्णमान राजवाहकलाई अन्तिम होलमा (१-अप) पराजित गरे । उनले अब सातौं वरियताका दिनेश प्रजापतिसँग खेल्नेछन् । दिनेशले पनि अन्तिम होलमा १२औं वरियताका सुर्य प्रसाद शर्मालाई पराजित गरे ।

अर्को खेलमा पाँचौ वरियताका रबि खड्काले १५औं वरियताका प्रदीप कुमार लामालाई २/१ ले हराउँदै क्वाटर-फाइनलको यात्रा तय गरे । उनले १२औं वरियताका रमेश अधिकारीसँग खेल्नेछन् । रमेशले पहिलो चरणमा अप्रत्याशित नतिजा निकाल्ने क्रममा छैटौं वरियताका सञ्जय लामालाई ३/१ ले हराए ।

गत सिजनको उत्कृष्ट १६ प्रोफेसनल गल्फरले प्रतियोगिता भाग लिने भएतापनि चार खेलाडी देश बाहिर रहेकोले उत्कृष्ट २० सम्मका खेलाडीले मौका पाएका हुन् । बुधवार क्वार्टरफाइनल र सेमीफाइनलका खेलहरु हुनेछन्। बिहिवार तेश्रो स्थान र फाइनल खेल खेलिनेछन्। 

सुर्य नेपाल प्रालिको प्रायोजनमा पीजीए नेपालले आयोजना गरेको प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख ५० हजार रहेको छ।  विजेता खेलाडीले ६० हजार रुपिया प्राप्त गर्नेछन् भने उपविजेताले ४२ हजार चित्त बुझाउनेछन् । तेस्रो र चौथो स्थानकाले क्रमशः ३२ हजार र २४ हजार प्राप्त गर्नेछन् । क्वाटरफाइनलमा पराजित हुने चार खेलाडीले समान ११ हजार प्राप्त तथा पहिलो चरणबाट बाहिरिने आठ खेलाडीले समान ६ हजार प्राप्त गर्नेछन् ।

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.