default_image

1 year ago

February 2, 2023

केएनपी महिला भलिबलमा चार टोली खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – शेरबहादुर खड्का स्मृतिः प्रतिष्ठानको आयोजनामा हुने छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा ४ टोलीको सहभागिता हुने भएको छ । प्रतियोगिता माघ २१ देखि २४ गतेसम्म दशरथ रंगशालामा हुनेछ । २०७२ सालदेखि हरेक वर्ष राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्दै आइरहेको प्रतिष्ठानले कोरोनाका कारण पछिल्लो तीन वर्ष प्रतियोगिता गर्न सकेको थिएन […]

177 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शेरबहादुर खड्का स्मृतिः प्रतिष्ठानको आयोजनामा हुने छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा ४ टोलीको सहभागिता हुने भएको छ । प्रतियोगिता माघ २१ देखि २४ गतेसम्म दशरथ रंगशालामा हुनेछ ।

२०७२ सालदेखि हरेक वर्ष राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्दै आइरहेको प्रतिष्ठानले कोरोनाका कारण पछिल्लो तीन वर्ष प्रतियोगिता गर्न सकेको थिएन । यसपटक ६ टोलीको सहभागिता हुने भनिएपनि मोफसलका टोली एभरेष्ट र गण्डकी प्रदेशका खेलाडी परिक्षाका कारण आउन नसक्दा ४ टोलीले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले खेल्नेछन् । लिग चरणमा सबै टोलीले एक आपसमा खेल्नेछन् । अन्तिम दिन फाइनलमा शीर्ष दुई टोलीले प्रतिस्पर्धा गर्दा पुछारका दुई टोलीले तेस्रो स्थानका लागि खेल्नेछन् ।

प्रतियोगिताका विजेता टोलीलाई नगद तीन लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यस्तै उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीलाई ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजारसंगै अन्य आकर्षक पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता विजेतालाई आयोजकले गोकर्ण फरेस्ट रिसर्टमा रात्री भोजको व्यवस्था गर्नेछ ।

विधागततर्फ उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ यस्तै एक नयाँ खेलाडीलाई नगद १५ हजारसहित इमर्जिङ प्लेयर अवार्डबाट सम्मानित गरिनेछ । यसैगरी छैटौं संस्करणको उद्घाटनका अवसरमा एक जना राष्ट्रिय खेलाडीलाई नगद ५० हजार रुपैयाँसहित स्पेसल अवार्डबाट सम्मानित गरिनेछ ।

यस संस्करणका लागि प्रतिष्ठानले एक कार्यक्रममाझ मुख्य प्रायोजकसँग सम्झौता गरिसकेको छ । बुधबार प्रतिष्ठानकी संरक्षक गमली खड्का र केएनपि नेरोलेकका कन्ट्री डिरेक्टर मनोज कुमार मिश्रले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ‌। प्रतियोगितामा नेपाल भलिबल संघको प्राविधिक सहयोग रहनेछ ।

बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा सञ्चालन हुने यस प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद्, बागमती प्रदेश, विभिन्न नगरपालिका र कर्पोरेट हाउसहरुले सहयोग गरेका छन् पुरस्कार राशि मात्रै ८ लाखभन्दा बढी रहेको प्रतियोगिताको अनुमानित बजेट करिब ४० लाख रूपैयाँ छ ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्नेछ । यसपटक दशरथ रंगशालामा हुने प्रतियोगितामा इसेवामार्फत अनलाइन टिकेट पनि खरिद गर्न सकिनेछ । टिकट विक्री इसेवामा खुला गरिएको छ । (टिकट किन्न यहाँ थिच्न सक्नुहुन्छ)

लिग चरणको खेलमा टिकट मूल्य १ सय रुपैयाँ र फाइनलको दिनमा २ सय रुपैयाँ टिकट तोकिएको छ । रंगशालाको दर्शक क्षमता र उपस्थित दर्शकलाई सहज रुपमा खेल हेर्न दिने लक्ष्य अनुरुप हरेक दिन ७ सय टिकट मात्र विक्री गरिनेछ ।

प्रतिष्ठानले भलिबल प्रतियोगिता मात्र आयोजना गर्ने नभई खेलाडीको बीमा, हरेक खेलमा एक खेलाडीलाई नगद पुरस्कारसहितको प्लेयर अफ द म्याचको व्यवस्था, टेक्निकल मिटिङ, उपाधि विजेता टोलीका खेलाडीलाई रात्री भोजजस्ता अन्तर्राष्ट्रिय प्रचलनलाई प्रतिष्ठानले अवलम्बन गरिरहेको छ । प्रतिष्ठानले राष्ट्रिय भलिबल प्रतियोगिताका अलावा वर्षेनी खेलाडीलाई छात्रवृत्ति, खेलाडी तथा प्रशिक्षक सम्मान, स्पेसल अवार्डलगायतका कार्यक्रम पनि आयोजना गर्दै आइरहेको छ ।

April 19, 2024

नाटकीय खेलमा मुम्बईको जित

एजेन्सी –आशुतोष शर्माको सानदार ब्याटिङका बाबजुद पञ्जाब किंग्स मुम्बई इण्डियन्ससँग बिहीबार इण्डियन प्रिमियर लिग (आइपिएल) मा नाटकीय शैलीमा ९ रनले पराजित भएको छ । पञ्जाबको लागि आठौं क्रमका ब्याटर आशुतोष शर्माले ६१ रन बनाएपनि जितको लागि प्रयाप्त भएन । मुम्बइको जितमा सूर्य कुमारले अर्धशतकीय पारी खेले । मुम्बईका जसप्रित बुमराह र जेराल्ड कोएट्जेको बलिङ महत्वपुर्ण […]

April 18, 2024

राष्ट्रपति रनिङ सिल्ड – सुदूरपश्चिम टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले पहिलो पटक केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बिहीबार टिम च्याम्पियन बनेको छ । १४ औं संस्करणमा १९ स्वर्ण, १२ रजत र १८ कांस्य पदकका साथ सुदूरपश्चिम च्याम्पियन बनेको हो । बागमती प्रदेश १७ स्वर्ण, १३ रजत र १५ कांस्य पदकका साथ दोश्रो भयो । तेश्रो स्थानको कर्णाली प्रदेशले १० स्वर्ण, ५ […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.