default_image

55 minutes ago

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

302 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌

टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो।

जारी एनपिएलमा कुनै पनि टोली पहिलो इनिङमा बनाएको यो सबैभन्दा कम स्कोर हो । यसअघि चितवन राइनोजले पोखरा एभेन्जर्स विरुद्ध १ सय २० रन बनाएको थियो।

दोस्रो ओभरको पहिलो बलमा १ रन बनाए आकाश त्रिपाठीको विकेट लिए। रोहितले क्याच लिए ।
तेस्रो ओभरको पहिलो बलमा रुबेन ट्रम्पलम्यानले ५ बलमा ७ रन बनाएका सन्नी पटेललाई एलबिडब्लु आउट गरे।

३.५ ओभरमा ८ बलमा २ रन बनाएका मिलिन्द कुमारले शेरले बोल्ड गरे। ट्रम्पलम्यानले ४.१ ओभरमा ४ रन बनाएका बेन चाल्सवर्थको विकेट लिए। काठमाडौंले पावर प्लेमा ४ विकेट गुमाउँदै २९ रन बनायो।

९.१ ओभरमा कप्तान रोहित पौडेलले १४ रन बनाएका भीम सार्कीको विकेट लिए। रोहितले ९.५ मा १८ रन बनाएका जोन सिम्सनलाई एलबिडब्लुमा आउट गरे।

लुम्बिनीले १० ओभरमा ६ विकेट गुमाउँदै ५१ रन जोड्यो । रोहितले ११.१ ओभरमा रसिद खान (२) लाई जेजे स्मिथबाट क्याच गराए।

शेरले १३.३ मा मोहम्मद आदिल आलमलाई १८ रनमा बोल्ड गरे।‌ १६.५ ओभरमा अभिषेश गौतमको बलमा ९ रन बनाएका करणले स्मिथबाट क्याच भए।

टोलीका लागि सर्वाधिक २३ रन बनाएका सन्तोष यादव १९.१ ओभरमा अन्तिम विकेटका रुपमा आउट भए ।
शेर र रोहितले समान ३, ट्रम्पलम्यानले समान २ र अभिषेशले १ विकेट लिए।

आजको खेल‌ जित्ने टोली भोलि विराटनगर किङ्ससँग क्वालिफायर टु खेल्नु पर्नेछ। सुदूरपश्चिम रोयल्ससँग हिजो क्वालिफायर वानमा हारेपछि विराटनगरले क्वालिफायर टु खेल्नुपर्ने भएको हो।

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

December 9, 2025

भारतसँग दक्षिण अफ्रिका पराजित

एजेन्सी – भारतले पहिलो टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई १ सय १ रनले हराउँदै सानदार जित निकालेको छ। कटकमा भएको खेलमा दक्षिण अफ्रिका मात्र १२. ३ ओभरमा ७४ रनमा अल‌ आउट भएको थियो। टि ट्वान्टी आई इतिहासमा दक्षिण अफ्रिकाको यो सबैभन्दा कम स्कोर हो । पहिला ब्याटिङ गरेको भारतले ६ विकेट गुमाउँदै १ सय ७५ […]

December 9, 2025

विराटनगरलाई हराउँदै सुदूरपश्चिम एनपिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा उच्च प्रदर्शन गरिरहेका दुई टोली सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सले आज पहिलो क्वालिफायर खेले । जसमा सुदूरपश्चिमले ७८ रनको जित निकाल्दै फाइनलमा पुगेको छ। जारी सिजनमा कुनै पनि टोलीले बनाएको यो कम स्कोर हो । सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा पुगेको छ। लगातार दोस्रो पटक […]

Success

Thank you for your time.